बर्दिबास क्षेत्रमा साढे पाँच हजार बढी विद्यार्थीको नि:शुल्क मुटु परीक्षण

महोत्तरी, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बर्दिबासस्थित रोटरी क्लबले नेपाल हृदय रोग निवारण प्रतिष्ठान महोत्तरीसँगको सहकार्यमा बर्दिबास नगरक्षेत्रका विद्यालयका छात्रछात्राको मुटु परीक्षण गरेको छ ।

बिहीबार सम्पन्न शिविरमा नगरका ११ विद्यालयका पाँच हजार ६७८ छात्रछात्राको मुटु परीक्षण गरिएको थियो । शिविरका लागि काठमाडौँबाट आएका बरिष्ठ मुटुरोग विशेषज्ञहरु  डा. प्रकाशराज रेग्मी, डा. सत्यनारायण सुवाल, डा. अवनीभूषण उपाध्याय र डा. प्रेमराज वैद्यसहितको १५ सदस्यीय टोली खटिएको थियो ।

सामाजिक सेवा समाजका हरेक वर्गको दायित्व भएको स्मरण गराउँदै डा. रेग्मीले त्यही दायित्व निर्वाह गर्ने सिलसिलामा आफूहरुले शिविर सञ्चालन गरेको बताए ।

प्रतिष्ठानले यसअघि पनि विभिन्न जिल्लाका विद्यालयमा गएर निशुल्क मुटु परीक्षण गर्दै आएको छ । खासगरी बालबालिकामा देखिने बाथ मुटुरोग पहिचानका लागि पनि शिविर आवश्यक रहेको मुटुरोग विशेषज्ञहरुले बताउने गरेका छन् ।

प्रतिष्ठानले गर्ने शिविरमा शल्यक्रिया गर्नु पर्ने अवस्थाको समस्या पहिचान भएपनि सो को व्यवस्था निशुल्कको जोहो गर्ने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *