स्वास्थ्यका दुई जना चिकित्सक नवौँ तहमा बढुवा
काठमाडौँ, ९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले दुई जना चिकित्सकलाई नवौँ तहमा बढुवा सिफारिस गरेको छ ।
गत ६ फागुनमा बसेको बढुवा समितिको बैठकले कार्डियो थोरासिक सर्जरी उपसमूहका कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन पदमा डा मनीष मल्लिक र साइक्याट्री उपसमूह तर्फ कन्सलेन्ट साइक्याट्रिष्ट पदमा डा सचिन नेपालीलाई बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रालयको बढुवा समितिले रिक्त पदहरुमा यसै गरी बढुवा गर्दै आएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]