राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल पाल्पाको अध्यक्षमा मोहन ढकाल

पाल्पा, ८ फागुन । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल पाल्पाको अध्यक्षमा मोहन ढकाल निर्वाचित भएका छन् । उनी पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत हुन् ।

बुधबार तानसेनमा सम्पन्न महासंघको चौथो जिल्ला अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष खुल्ला तर्फ चन्द्रतारा बस्याल (तानसेन) निर्वाचित भएका छन् । यस्तै उपाध्यक्ष महिला तर्फ रिता थापा (तिनाउ) सचिवमा सुुनिल अधिकारी (रिब्दिकोट) उपसचिवमा केशबबहादुर जिसी (माथागढी), कोषाध्यक्षमा गिताकुमारी श्रेष्ठ (बगनासकाली) रहेका छन् ।

सदस्यहरुमा खुल्ला तर्फ हरिबहादुर कुमाल (रिब्दीकोट) चन्द्रा चलाउने (पूर्वखोला), सुनिता सारु (माथागढी), जयबहादुर सोमै (निस्दी), नेत्रप्रसाद पोखरेल (रामपुर) रहेका छन् ।

यस्तै पालिका तर्फबाट मिना बम (निस्दी), बिष्णु परियार (रामपुर), शान्ता खराल (बगनासकाली), झपेन्द्र घिमिरे (तानसेन), मनिषा लोहनी (माथागढी) माया परियार (रिब्दीकोट) रामप्रसाद न्यौपाने (रैनादेवी छहरा) रोशन रावल (तिनाउ) र रत्ना फाल (पूर्वखोला) रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *