अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, मेयर आचार्य केही दिन अस्पतालमै रहने

काठमाडौँ, ५ फागुन । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

काठमाडौँको कीर्तिपुर अस्पतालमा दुई दिनदेखि उपचार गराइरहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ ।

“दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ”, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ ।”

सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ ।

गत शनिबार पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन उडाउन खोज्दा पड्किँएर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

पोखरामा प्राथमिक उपचारपछि उनीहरूलाई हेलिकप्टरमार्तफ काठमाडौँ ल्याइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *