सेती प्रादेशिक अस्पतालका डाक्टरमाथि कुटपिट

कैलाली, ५ फागुन । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि कुटपिट भएको छ। आज विहान ४ बजे प्रादेशिक अस्पतालमा डा. वेदप्रकाश पन्तमाथि आक्रमण भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराका अनुसार डा. पन्तको मुखमा सामान्य चोट लागेको छ भने उनको चस्मा भाँच्चिएको छ।

कुटपिट गर्ने धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रानाको बुवा ४६ वर्षीय रमतर रानाको सोही अस्पतालको आइसियूमा उपचार भइरहेको छ । कुटपिट गर्ने कृष्ण कुरूवा बसेका थिए।

बिहान डा. पन्त बिरामी चेकजाँच गरेर फर्किँदै गर्दा उनीमाथि आक्रमण गरेको डिएसपी बोहराले जानकारी दिए।

आक्रमण गर्ने कृष्णको मानसिक अवस्था कमजोर रहेको पाइएको पनि डिएसपी बोहराले जानकारी दिए।

घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *