वीर अस्पतालको जिम्मेवारी डा. गौतमलाई
काठमाडौँ, ४ फागुन । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा समाज गौतमले पाएका छन् । निर्देशक रहेका डा सन्तोष पौडेलको दुई वर्षे कार्यकाल आज सकिएपछि अर्को व्यवस्था नहुँदासम्मका लागि डा समाज गौतमलाई वीरको नेतृत्व गर्ने जिम्मा दिइएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले डा गौतमले निमित्त निर्देशकको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको बताए । त्यसो त डा गौतम यसअघि पनि वीरमा निमित्त निर्देशकको रुपमा काम गरेका थिए ।
न्याम्सका उपकुलपति प्राडा बस्नेत, रजिष्ट्रार डा ज्ञानेन्द्रबिक्रम शाह लगायतले डा गौतमलाई नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न शुभकामना दिएका छन् ।
सम्पर्क इमेल : [email protected]