वीरका निर्देशक डा. सन्तोषको दुई वर्षे कार्यकाल सकियो

काठमाडौँ, ४ फागुन । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलको दुई वर्षे कार्यकाल आजबाट सकिएको छ । उनको पदावधि सकिएसंगै निमित्त निर्देशक रहेका डा. समाज गौतमले तत्कालका लागि वीरको जिम्मेवारी सम्हाल्ने छन् ।

विसं २०७९ फागुन ५ गते तत्कालीन स्वास्थ्य मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै दुई वर्षका लागि वीरको निर्देशक बनाएका थिए । तर बीचमा आएका स्वास्थ्य मन्त्री मोहन बस्नेतले उनलाई हटाएका थिए । सो निर्णयबिरुद्ध डा. पौडेल सर्बोच्च अदालत गए पछि मन्त्री बस्नेतको निर्णय उल्टिएको थियो ।

डा. पौडेलले दुई वर्षे कार्यकालमा आफूले अस्पतालको सेवामा धेरै नै सुधारको प्रयास गरेको र अधिकांशमा सफलता हात परेको बताएका छन् ।

‘विसम परिस्थितिकाबीच अस्पतालको नेतृत्व सम्हाल्दै गर्दा मेरा सामु धेरै चुनौती थिए, त्यसलाई योजनावद्ध रुपमा काम गरेर धेरै हदसम्म सफलता प्राप्त गरेको छ । यो मेरो मात्रै सफलता होइन टिमको इफोर्ट हो,’ उनले छोटो प्रतिक्रिया दिए ।

अब को निर्देशक होला ?
वीरमा आजबाट नयाँ निर्देशकको खोजी सूरु भएको छ । अझ् दुई वर्ष अस्पतालको नेतृत्व गर्ने इच्छा डा. पौडेल देखाएका छन् । उनी बाहेक डा. दिलिप शर्मा, अहिलेका निमित्त निर्देशक डा. समाज गौतम र डा. अनुपमा कार्कीको पनि रुची देखिएको छ ।

रुची मात्रै होइन उनीहरुले ‘पावर एक्ससाइज’मा समेत अघि बढी सकेका छन् ।

वीरको निर्देशक बन्नका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली संगै सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतसंग भनसुनका लागि कतिपय प्रत्यासीहरु पुगिसकेको बताइएको छ ।

‘अब केही दिन त यत्तिकै होला, सम्भवत केही सातामा निर्णय हुनसक्छ । भने पनि नभने पनि पार्टीको भागवण्डा नै मिलाउने त्यसमा को पर्छ केही दिनमै थाहा होला,’ वीरका एक जना पूर्व निर्देशकले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *