मिर्गौला रोग, लक्षण र उपचार
हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छ । त्यसको मुख्य काम रगत शुद्धीकरण गर्नु हो । प्रत्येक मिर्गौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौंको संख्यामा तन्तुहरु हुन्छन् ।
हाम्रो शरीरका अंगहरु चल्नका शक्ति चाहिन्छ । जुन खानाबाट प्राप्त हुन्छ । यसरी खानाबाट शक्ति पैदा हुने क्रममा विकारका बस्तुहरु पनि निस्कन्छन । ती विकारका बस्तुहरु शरीरमा रहेमा त्यसले थप रोग निम्त्याउछ । त्यसैले ती वस्तुलाई छानेर पिसावको माध्यमबाट बाहिर निकाल्नु पर्छ । जुन काम मिर्गौलाले गर्छ र मुत्रनलिबाट बाहिरिन्छ ।
मिर्गौलाको अर्को काम शरीरमा फुड इलेक्टोलाईडको व्यालेन्स गर्ने हो । अर्थात धेरै थोरैको व्यालेन्स गर्ने । कहिले काही धेरै पानीखादा सुन्निदैनौ र कहिले कम पानी खादा पनि फुस्रो हुँदैनौँ । यस्तै कहिलेकाही नुन चर्को खान्छौं तर हाम्रो शरीरको नुन बढने घटने हुँदैन यसले मिलाएर राख्छ । यो मिर्गौलाको कारणले हो ।
त्यस्तै शरीरमा रक्तचाप व्यालेन्स गर्ने काम गर्छ । मिर्गौलाले रगत बढाउने काम पनि गर्छ । रातो रक्तकणबाट एक खालको हर्मौन पैदा हुन्छ । यसले शरीरमा सास फेर्दा लिएको अंशिजन विभिन्न तन्तुहरुमा पुर्याउँने काम हुन्छ । यति धेरै काम गर्ने मिर्गौलाले काम गर्न सकेन भने मिर्गौलामा केही रोग लाग्यो वा समस्या पर्यो भनेर बुझ्न पर्ने हुन्छ ।
मिर्गौला फेल के कारणले हुन्छ ?
मिर्गौला दुई प्रकारले फेलियर हुन्छ । पहिलो कुनैपनि कारणले अपर्झट रुपमा मिर्गौलाले काम नगर्ने । अर्को धेरै पुरानो रोगबाट वा अन्य रोग लामो समयदेखी लागेर खराव हुने अवस्था ।
अपर्झट मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेको व्यक्ति तत्कालै उपचार पायो भने तत्कालै सन्चो पनि हुन्छ । तर, लामो समयदेखी विस्तारै विस्तारै विग्रदै गएर अन्त्यमा समस्या देखियो भने त्यतिवेला मिर्गौला प्रत्यारोपण गर्नुपर्न सक्छ । यसलाई मिर्गौलाको दीर्घकालिन रोग भनेर भनिन्छ । नेपालमा देखिएका समस्याहरु दीर्घकालिन प्रकृतिका छन् ।
अपर्झट मिर्गौला विग्रिएको व्यक्तिलाई औषधिको सेवनबाट सुधार हुन सक्छ । तर बिस्तारै बिग्रँदै गएको व्यक्तिको मिर्गौला त्यसरी पुन: काममा फर्कन सक्दैन र नयाँ प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ । किनभने अन्यरोगको असरबाट बिस्तारै बिग्रँदै गएको मिर्गौलाका सेलहरु खुम्चिदै गएका र मर्दै गएका हुन्छन् ।
त्यसो त मिर्गौला निकै शक्तिशाली हुन्छ ।
सामान्यतया रोगले पचास प्रतिशत तन्तु नास भएपनि बाँकी तन्तुहरुले उत्तीकै काम गरेर जीवनमा असर पर्नबाट बचाउँछ । तर नेपालीहरुले बिरामी नभई स्वास्थ्य परीक्षण गर्ने बानी नभएकोले मिर्गौला बिग्रिएर अन्तिम अवस्थामा पुगेपछि मात्रै थाह हुने गरेको छ ।
स्वास्थ्य परीक्षण नगरेको व्यक्तिको ७० प्रतिशत मिर्गौला बिग्रिईसकेपछि उसलाई सामान्य अप्ठेरो महसुस हुन थाल्छ ।
मिर्गौलाको ९० प्रतिशत भाग बिग्रिईसकेपछि मात्रै व्यक्तिलाई बिरामी भएको अनुभव हुन्छ । नेपालमा अस्पतालमा आउने बिरामीहरु ९० प्रतिशत भाग बिग्रिईसकेपछि मात्रै आउने गरेका छन् ।
कस्तालाई हुन्छ मिर्गौलाको समस्या ?
मिर्गौलामा देखिने दीर्घकालिन समस्या मिर्गौला भित्रकै रोगको कारणले पनि हुनसक्छ । तर त्यो भन्दा बढी उच्च रक्तचाप भएका व्यक्तिलाई , मधुमेह रोग भएका व्यक्तिलाई हुने सम्भावना बढी हुन्छ ।
त्यस्तै रोग प्रतिरोधात्मक शक्तिमा कमी ल्याउने रोगबाट ग्रसित व्यक्तिमा जस्तै : एचआईभी, एड्स हेमाटाइटिस ‘बी’ र ‘सि’ वा लामो समय सम्म भाइरसको संक्रमण भएको व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यस्ता व्यक्तिको मिर्गौलामा सक्रमण देखा पर्न सक्छ ।
मिर्गौलाका रोगहरु बच्चा देखी बुढा सम्म सबै उमेरकालाई लाग्ने गर्छ तर कारणहरु फरक हुनसक्छ । बढी उमेरका व्यक्तिलाई उच्चरक्तचाप र मधुमेहका कारण हुनसक्छ । अर्को वंषाणुगत रोगी छन भने पनि हुनसक्छ । त्यस्तै पत्थरी समस्या भएका व्यक्तिहरुमा , जन्मदा खेरी नै मुत्रनलिमा अवरोध हुने तत्व भएकाहरुमा तथा पिसाव गर्दा पुरा ननिख्रनेहरुका लागि पनि मिर्गौलाको समस्या हुनसक्छ ।
के हुन्छ लक्षण ?
–सुरुको अवस्थामा मिर्गौलामा प्रोटिन भन्ने तत्व लिक हुन थाल्छ । विस्तारै त्यो बढदै गएपछि पछि मिर्गौलाले काम गर्न छाडने हो ।
–प्रोटिन तत्वको लिकेजले पिसावमा अत्यधिक फिज आउन थाल्छ । त्यसबाट पनि मिर्गौलामा खरावी छ भन्ने थाह हुन्छ ।
– साँझपख गोलीगाठाहरु सुन्निन थाल्छ ।
–विहान उठदा आँखाको डिलहरु सुनिने गर्छ , त्यस्ता व्यक्तिले पनि एक पटक परीक्षण गर्नुपर्छ ।
–राती सुतेपछि अत्यधिक धेरै पिसाव हुन्छ । तीन पटक भन्दा धेरै पटक ,
–विहान उठदा धमिलो, कोकाकोला जस्तो , धुवा जस्तो पिसाव आउछ भने पनि हुनसक्छ ।
–कहिलेकाही अत्यधिक कोखा दुख्ने गर्छ ।
– रगतको कमीले शरीर थाक्ने ।
–वाक वाक लाग्ने ।
त्यसबाहेक यदि खुलेर पिसाव आउदैन भने , पिसाव गर्दा बल गर्नु पर्छ , थोपा थोपा भएर आउछ , पिडा हुन्छ, रातीमा धेरै पटक पिसाव हुन्छ , ठूलो हुदा सम्म निदाएका बेला ओछयानमा पिसाव हुन्छ भने त्यस्तो व्यक्तिलाई पछि गएर मिर्गौलाको रोगको सम्भावना हुन्छ । त्यसैले समयमै गएर परीक्षण गर्नुपर्छ ।
दीर्घकालिन रोगबाट बच्चको लागि के के गर्ने ?
समयमै मिर्गौलारोग पहिचान गरी उपचार गरेको खण्डमा वा मिर्गौलालाई असर पार्ने अन्य रोगहरुलाई नियन्त्रण गर्न सकेको खण्डमा मिर्गौलाका समस्याबाट छुटकारा पाउन सकिन्छ ।
मिर्गौला रोगीहरु दुई खाले रोगीहरु हुन्छन् ।
एक साधारण व्यक्ति अर्को उच्च जोखिममा पर्ने व्यक्तिहरु, ती भनेका : उच्च रक्तचापका विरामी , मधुमेहका विरामी, मधुमेहका वंषाणुगत रुपमा पनि देखिने हुनाले त्यस्ता व्यक्तिहरुले रोगनियन्त्रणका लागि सावधानी अपनाउनुपर्छ ।
त्यसैले ती रोगहरु लाग्नबाट बच्नका लागि साधारण र स्वस्थ्य खाना खानुपर्छ । तौल मिलाउने , व्यालेन्स डाइट खानुपर्छ । त्यस्तै अर्को कुरा टाउको दुख्यो भनेर सिधै औषधि खानु हुदैन , एन्टीवायोटिक वा आयुर्वेदिक पनि नखाने त्यसको साईड इफेक्टले मिर्गौला फेलियरमा सहयोग पुर्याउँछ ।
उपचार ?
–सुरुको अवस्थामा थाह अर्थात मृगौला भित्र रहेका तन्तुहरु नास नहुदै उपचार गर्न पाइयो भने औषधिबाट नै निको भइहाल्छ ।
– डाइबेटिज, मधुमेहको उपचारले नास हुने क्रमलाई क मगर्न सकिन्छ । यसलाई रिटायर्ड भन्छौ त्यो भनेको आजको पाच वर्षमा मिर्गौला पुर्ण खराव हुने छ भने त्यसलाई २० –३० वर्ष सम्म बढाएर लैजान सक्छौ वा जीवन भर फेर्न नपर्ने गरी उपचार गर्न सक्छौ ।
– रक्तचाप, मधुमेह भएका र साधारण व्यक्तिले वर्षको एक पटक रक्तचाप, मधुमेह र पिसावको परीक्षण गर्नुपर्छ ।
सम्पर्क इमेल : [email protected]