उपप्रधान मन्त्री र पोखराका मेयरको उपचार काठमाडौँमा सुरु

अस्पताल भन्छ, 'श्वासनली र फोक्सोमा जलनको असर हुनसक्छ'

 

काठमाडौँ, ३ फागुन । पोखरामा बेलुन पड्केर घाइते भएका उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचार सुरु भएको छ ।

अस्पतालले प्रारम्भिक मुल्यांकनमा ५ – ६ प्रतिशत भाग जलेको उल्लेख गरेको छ । अस्पतालले अनुहारमा समेत जलन भएकोले स्वासनली र फोक्सोमा असर गर्न सक्ने सम्भावना रहेको भन्दै उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ ।

अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीका अनुसार पौडेल र आचार्यको उपचारका लागि प्राडा बीडी झा, डा. प्रविण गिरी लगायतका सघन उपचार कक्षको एउटा टोलीका साथै प्राडा शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली पनि खटिएको उल्लेख छ ।

यस्तै डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, रिता गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली पनि उपचारमा खटिएको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *