अमेरिकामा चौथो व्यक्तिमा भयो सुगुरको मिर्गौला सफल प्रत्यारोपण !

एजेन्सी । अमेरिकामा चौथो व्यक्तिमा सुगुरको मिर्गौला प्रत्यारोपण भएको छ । म्यासाचुसेट्स जनरल अस्पतालका शल्यचिकित्सकहरुले जनवरीको अन्त्य तिर गरेको सो प्रत्यारोपण सफल भएको दावी गरेका छन् ।

चिकित्सकहरुका अनुसार आनुवंशिक रुपमा परिमार्जित सुगुरको अंग प्राप्त गर्ने व्यक्ति ६६ वर्षीय पुरुष हुन् ।

यी पुरुषको प्रत्यारोपण गर्नु केही अघि मात्रै अमेरिकामै एक महिलामा पनि जीन सम्पादित सुगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

चिकित्सकहरुले अंगदाताहरुको देशव्यापी अभावलाई सम्वोधन गर्ने प्रयासको प्रमुख कदम भएको उल्लेख गरेका छन् ।
रिपोर्टहरुका अनुसार पछिल्लो प्रत्यारोपण अमेरिकी खाद्य तथा औषधि प्रशासन निकाय (एफडीए)द्धारा अनुमोदित नयाँ क्लिनिकल परीक्षणको अशं हो । जसले बिरामीहरुमा अनुवंशिक रुपमा परिमार्जित सुगुरको अंगहरुले लामो समयसम्म काम गर्न सक्छ कि सक्दैनन् भनेर परीक्षण गरिरहेको छ ।

अंग ग्रहणकर्ताले प्रत्यारोपण अघि दुई वर्ष बढी डाइलासिसमा बिताएका थिए ।

त्यसो त डायलासिस सुरु गरेको केही समय पछि उनलाई हृदयघात समेतभएको थियो । हरेक मंगलबार, बिहीबार र शनिबार घण्टौँ लामो डायलासिसले उनलाई थकान र वाकवाकी हुने गर्दथ्यो । गत अगष्ट महिनामा उनले मास जनरलका चिकित्सक संग प्रत्यारोपणका बारेमा छलफल गर्न थालेका थिए ।

चिकित्सकहरुले प्रत्यारोपणका लागि शारीरिक स्वास्थ्यमा थप केही सुधार हुनु पर्ने बताएका थिए । त्यसपछि उनी थेरापी तथा अन्य उपचारमा लागेका थिए ।

सुगुरको मिर्गौला पाएको एक हप्ता पछि एन्ड्युज डिस्चार्ज हुन ठिक परेका थिए ।

‘यो नयाँ इन्जिन जस्तै छ, अचानक मेरो शरीरमा उर्जा मेसिन खन्याईयो,’ एन्ड्रयुजले द टाइम्सलाई भने ।

‘जब म रिकभरी कोठाबाट बाहिर निस्किएँ र सघन हेरचाह इकाईमा गएँ म बास्तवमा टेबल र मेरो उछ्यानको बीचमा डान्स गरेँ । म धेरै खुशी छु, यो अविस्वनीय छ ।’

अमेरिकामा १ लाख भन्दा बढी मानिसहरु अंग प्रत्यारोपणको पर्खाईमा रहेका छन् । त्यसमध्ये अधिकांशलाई मिर्गौला आवश्यक रहेको बताइएको छ ।

मानव दाताको अंगको अभावका कारण धेरै मानिसहरु अंग प्राप्त गर्नु अघि नै मर्छन ।

यो अभावलाई पुरा गर्न मद्धत गर्न धेरै बायोटेक कम्पनीहरुले सुगुरहरुलाई अनुवंशिक रुपमा परिमार्जन गरिरहेका छन् ताकि तिनीहरुका अंगहरु मानव शरीरमा अस्विकार गर्ने सम्भावना कम होस् ।

एन्ड्रयुजले प्राप्त गरेको मिर्गौला एउटा सुगुरबाट आएको हो जसमा ६९ जीनहरु परिमार्जन गरिएका थिए । जसमा भाइरलहरुको संक्रमण जोखिम कम गर्न ५९ परिवर्तनहरु समावेश थिए ।

एन्ड्रयुज र उनी भन्दा केही समय अघि प्रत्यारोपण गरिएकी बिरामी अलाबामाकी टोवाना लुनि सुगुरको मिर्गौला प्राप्त गरेपछि राम्रोसंग निको भईसकेका छन् ।

त्यसअघि प्रत्यारोपण गरिएका दुई जनाको भने गतवर्ष प्रत्यारोपण गरिएको केही समय पछि निधन भएको थियो ।

तिनीहरु मध्येकी एक न्यू जर्सीकी लिसा पिसानोले युनाइटेड थेराप्युटिक्स कर्पोरेसनद्धारा विकसित सुगुरको मिर्गौल प्रयोग गरेर न्युयोर्कमा प्रत्यारोपण भएको थियो ।

अर्को म्यासाचुसेट्सकी रिक स्लेम्यानले मास जनरलमा इजेनेसिस मिर्गौला प्राप्त गरेकी थिईन् । उनको पनि दुई महिना पछि मृत्यु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *