सुर्तीजन्य पदार्थ बिरुद्धको अभियानमा लाग्यो नेपाल हेल्थ कर्प्स

काठमाडौँ । नेपाल हेल्थ कर्प्स (एनएचसी) ले सुर्तीजन्य पदार्थ विरुद्ध अभियानको सुरुवात गरेको छ। वर्ल्ड फेडरेसन अफ पब्लिक हेल्थ एसोसिएशन्स (डब्लुएफपीएचए)को सहयोगमा एनएचसीले गत १९ माघ देखि समुदायमा आधारित सुर्तीजन्य पदार्थ विरुद्ध अभियानको सुरुवात गरेको हो ।

अभियानमा सुर्तिजन्य पदार्थ सेवन निरुत्साहित, आमजनमा यसको हानिबारे शिक्षा र स्वास्थ्य प्रबरद्धन रहेको डा. आयुष विष्टले बताए।

संस्थाले एम्बासडर (स्वास्थ्य दूत) मार्फत् स्वास्थ्य क्षेत्रमा अध्ययनरत युवालाई सार्वजनिक स्वास्थ्यबारे पैरवी, शिक्षा र सचेतनामा सहभागी गराउनेछ। ‘हामीले विभिन्न स्वास्थ्य संस्थाहरुबाट एक(एक स्वास्थ्य दूतहरू चुनेका छौं । उहाँहरुलाई स्वास्थ्य अभियान सञ्चालन गर्ने, चेतना फैलाउने र विभिन्न कार्यक्रम गर्न परिचालन गर्नेछौं,’ डा. विष्टले अभियानबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा भने।

सन् २०२४/०२५ मा संस्थाले ३३ जना एम्बासेडर नियुक्त गरेको छ। जसले विभिन्न किसिमका सामुदायिक गतिविधि सञ्चालन गर्नेछन्। जसमध्ये एउटा विद्यार्थीहरुमा सुर्तीजन्य पदार्थ बिरद्धको अभियान रहेको उनी बताउँछन्।

स्वास्थ्य दूतहरुले यस अभियानको पहिलो चरणमा १० हजार भन्दा बढी विद्यालयका विद्यार्थीहरूको तथ्यांक पनि सङ्कलन गर्नेछन्। एउटा स्वास्थ्य दूतले आफ्नो समूह बनाएर ३५० देखि ४०० जना विद्यार्थीलाई सूर्तिजन्य पदार्थको सेवनबाट हुने हानिबारे शिक्षा प्रदान गर्ने बताइएको छ।

‘धुम्रपान विरोधी अभियानका क्रममा डब्लुईपीएएचए र एनएचसीबीचको सहकार्य सुर्तीजन्य पदार्थको हानिकारक प्रभावहरूको बारेमा सचेतना फैलाउने, प्रभावकारी नीति निर्माणका लागि पहल गर्ने, पैरवी गर्ने र धुम्रपानलाई निरुत्साहित गर्ने कुरामा केन्द्रित रहनेछ,’ आयोजक संस्थाको विज्ञप्तिमा भनिएको छ।

रोक्न सकिने मृत्युहरूको प्रमुख कारण मध्य एक सूर्तिजन्य पदार्थको सेवन हो, जुन वार्षिक ८.७ मिलियन व्यक्तिको मृत्युको कारण मानिएको छ। दक्षिण एसियाको सन्दर्भमा, सुर्तीजन्य पदार्थ सेव ८।७ मिलियन मृत्युहरूको कारण बनेको छ र २०२३ मा यो नसर्ने रोगहरूको प्रमुख जोखिम कारकको रूपमा रहेको छ ।

विद्यार्थीहरूमा सुर्तीजन्य पदार्थको प्रयोगबारे जनचेतना कार्यक्रम गर्दा परिवार र समुदायमा पनि यसको प्रभाव पर्ने विश्वास गरिएको छ। अभियानमा डा प्रज्ज्वल प्याकुरेल, डा आयुष विष्ट, कमल विश्वकर्मा, निरुपा शर्मा, डा धिरज शाह, डा दीपिका लामिछाने, निशान्त पाण्डे, प्रवेश बाँस्तोलालगायतले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *