स्वास्थ्यका दुई जना डाक्टर एघारौँ तहमा बढुवा

काठमाडौँ, २८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई जना चिकित्सक एघारौँ तहमा बढुवा भएका छन् ।

मन्त्रालयको बढुवा समिति सचिवालयका अनुसार प्याथोलोजी समूहका डा. रेखा मानन्धर र डा. करिश्मा मल्ल वैद्य एघारौँ तहमा बढुवा भएका हुन् ।

सचिवालयले आज सूचना जारी गर्दै गत २४ माघमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार बढुवा सिफारिस गरिएको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *