डा. अवनिभूषणद्धारा लिखित पुस्तक ‘मान्छेको मुटु’ लोकापर्ण

काठमाडौँ, २८ माघ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायद्धारा लिखित ‘मान्छेको मुटु’ लोकापर्ण भएको छ ।

आइतबार एक कार्यक्रमबीच नेपाल ह्दयरोग निवारण संस्थाका अध्यक्ष डा सत्यनारायण सुवाल र नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष प्राडा रत्नमणि गजुरेलले उक्त पुस्तकको लोकापर्ण गरेका हुन् ।

कार्यक्रममा नेपाल ह्दयरोग निवारण संस्थाका अध्यक्ष सत्यनारायण सुवालले पुस्तकमा स्वास्थ्यका अनुसन्धानको तथ्यका बारेमा समेत प्रष्ट्याइएको बताए । उनले स्वास्थ्य निति, पैरवी, स्वास्थ्यका जल्दाबल्दा समस्या समेत पुस्तकमा समेटिएको बताए । यस्तै उनले पुस्तक मेडिकल र ननमेडिकल व्यक्तिलाई समेत उपयोग हुने जानकारी दिए ।

पुस्तकमा अस्पतालले उपचारमा नाममा हुने गलत प्रवृत्ति समेत समेटिएको छ ।

कार्यक्रममा प्राडा। रत्नमणि गजुरेलले पुस्तक अध्ययन गरेपछि डाक्टर भएर बिरामीको उपचार गर्नुमात्रै ठुलो होइन रहेछ भन्ने बुझिएको बताए ।

डा गजुरेलले बिरामीको उपचारभन्दा बाहेक साहित्य , कलामा धेरै विषय समेटिएको बताए । पुस्तकको नाम सुन्दा स्वास्थ्यका विषय मात्रै लागेपनि वास्तवमा समग्र स्वास्थ्य, तथा साहित्यमा केन्द्रीत रहेको बताए । ‘म एउटा मुटुको डाक्टर, हजारौंको मुटु खोलेको छु तर मन र मुटु कहाँ हुन्छ भन्ने कतै भेटेको छैन,’ डा. गजुरेलले भने,“ पुस्तक बाट मन मुटु कहाँ हुन्छ भन्ने स्पष्ट देखाइएको छ ।”

पुूस्तक समीक्षा गर्ने क्रममा नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले मान्छेको मुटुले सबैको मनको कुरा गरेको जानकारी दिए । उनले पुस्तक अध्ययन गर्न लायक रहेको जानकारी दिदै पुस्तकमा स्वास्थ्यका विषय पनि समेटिएको बताए ।

अर्का समीक्षक गीतकार एवं लेखक राजेन्द्र थापाले ८० प्रतिशत प्राविधिक विषय भए पनि आम सर्वसाधारणका लागि सरल रुपले बुझ्न सकिने किताव तयार भएको बताए ।

पुस्तकका लेखक डा अवनिभूषण उपाध्यायले अस्पतालले उपचारमा नाममा हुने गलत प्रवृत्ति समेटिएको बताए । उनले बिरामीले औसधि किनेर नखाए पछि ह्यदयघात भएर मृत्यु भएको विषयलाई पनि पुस्तकमा उल्लेख गरेको बताए ।

यस्तै उनले पुस्तकमा भावनात्मक , अध्यात्मिक कुरापनी उल्लेख गरिएको जानकारी दिदै मन र मन बीचमा सम्बन्ध हुने विषय पनि पुस्तकमा उल्लेख गरिएको बताए ।

पुस्तकमा मुटुसम्बन्धी विविध रोग, त्यसबाट बच्ने उपाय र उपचारसम्बन्धी आम मानिसका अनेकौं जिज्ञासाको सरल जवाफ दिने प्रयास गरिएको छ। पुस्तकको बीचबीचमा प्रश्नोत्तर शैली अपनाइएको छ, जसले मुटुसँग सम्बन्धित आम मानिसको मनमा उत्पन्न हुने कोतुहल्ता मेट्न सहयोग पुग्ने लेखक डा. उपाध्यायले बताए। उनका अनुसार पुस्तकमा मुटुको बारेमा तथ्य परक र भावनात्मक पक्षलाई पुस्तकमा उतारिएको छ।

यस्तै मुटु र मस्तिष्कको सम्बन्ध र समन्वयबारे पनि व्याख्या गरिएको छ। ‘यो मुटु कहिल्यै थाक्दैन, दिनमा एक लाख पटक धड्किन्छ, जन्मदेखि अन्तिम समयसम्म काम गर्छ, मुटुमा आफ्नै किसिमको सानो ब्रेन पनि हुन्छ, जसले मुटुलाई चलाउँछ,’ उनले भने, ‘मेरो डाक्टरी जीवनमा उठेका कैयौं प्रश्नको उत्तर किताबमा दिने प्रयास गरेको छु ।’

३१० पृष्ठको पुस्तकमा १७ वटा शीर्षक समावेश छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *