फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ४४ प्रतिशत उत्तीर्ण
काठमाडौँ २७ माघ । नेपाल फार्मेसी काउन्सिलले लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४३ दशमलव ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
काउन्सिलले शनिबार साँझ सार्वजनिक गरेको परीक्षाको नतिजामा उत्तीर्णभन्दा अनुत्तीर्ण हुनेको प्रतिशत बढी पाइएको छ। यद्धपी यो प्रतिशत अघिल्लो संस्करण भन्दा बढी हो ।
काउन्सिलका रजिष्ट्रार सञ्जीव पाण्डेयका अनुसार परीक्षामा एक हजार एक सय २४ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये जम्मा ४९२ जना मात्र उत्तीर्ण भएका छन्।
गत मंसिरको तेस्रो साता लिईएको फार्मेसी सहायकको परीक्षामा जम्मा १०।२० प्रतिशत मात्रै पास भएका थिए । त्यसबेला बेला १ हजार २६४ जनाले परीक्षा दिँदा १२९ जना (१०.२० प्रतिशत) मात्रै उत्तीर्ण भएका थिए ।
सम्पर्क इमेल : [email protected]