वीर अस्पतालको अपरेशन थिएटर बाहिर चिकित्सकमाथि हातपात

 

काठमाडौँ, २६ माघ । वीर अस्पतालको अपरेशन थिएटर बाहिर चिकित्सकमाथि हातपात भएको छ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको बताए ।

निर्देशक पौडेलका शल्यक्रियाको ड्युटीमा रहेका सेवामा ग्यास्ट्रो सर्जन डा शरद पोख्रेल र सानुमाया मगर लगायत स्वास्थ्यकर्मीमाथि हातपात भएको हो।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *