स्वास्थ्य पत्रकार मञ्च नेपालको छैटौं राष्ट्रिय अधिवेशन आज

काठमाडौँ, १२ माघ ।  स्वास्थ्य विटमा क्रियाशील पत्रकारहरुको छाता संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)को दशौँ बार्षिक साधारण सभा तथा छैटौँ राष्ट्रिय अधिवेशन आज हुँदैछ ।

काठमाडौँमा हुने अधिवेशनको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  कार्यक्रममा स्वास्थ्य सम्वद्ध विभिन्न क्षेत्रका व्यक्तित्वहरुको समेत उपस्थिति रहने बुझिएको छ ।

स्वास्थ्य पत्रकारहरुको हक हित तथा अधिकारसंगै क्षमता विकास तथा पेशागत सुरक्षा लगायतका उदेश्य बोकेर विसं २०७१ साउन ३० गते स्थापित यो संस्थाले अहिले संघसंगै प्रदेश संरचनामा समेत आफ्नो उपस्थिति देखाएको छ ।

आज हुने अधिवेशनले आगामी दुई वर्षका लागि मञ्चको नयाँ कार्यसमिति समेत छनौट गर्ने बताइएको छ ।

मञ्चका अध्यक्ष सरोज ढुंगेलले वार्षिक साधारण सभा तथा अधिवेशनको तयारी पुरा भएको बताएका छन् । स्थापनाका १० वर्षमा विभिन्न आरोह अवरोध पार गर्दै यहाँसम्म आएको संस्थाले भावि दिनमा अझ प्रभावकारी ढंगले पत्रकारहरुको थप हक अधिकार र पेशागत क्षमता विकासमा जोड दिने बताए ।

मञ्चका पूर्व अध्यक्ष रामप्रसाद न्यौपानेले मञ्चलाई सबै स्वास्थ्य पत्रकारहरुको साझा बनाउनु पर्ने वार्षिक साधारण सभा तथा अधिवेशन सफलताको शुभकामना दिए ।

मञ्चमा पत्रपत्रिका, अनलाइन, रेडियो तथा टेलिभिजनमा स्वास्थ्यमा विटमा क्रियाशील पत्रकारहरु आवद्ध छन् ।

मञ्च स्थापनाको एक दशकमा संस्थालाई अनिल न्यौपाने, कल्पना आचार्य, रामप्रसाद न्यौपाने हुँदै सरोज ढुंगेलसम्मले नेतृत्व गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *