प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई दिनदेखि स्वास्थ्यमा समस्या देखिएको छ ।

चिसोका कारण रुघाखोकीले ग्रस्त बनाएपछि उनलाई चिकित्सकले आराम गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले चिकित्सकको सल्लाह बमोजिम पूर्वनिर्धारित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आज बिहान ११:१५ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन, दिउँसो १२:१५ बजे तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन र दिउँसो १२:५० बजे सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित सुरूङ मार्गको ब्रेकथ्रु र दिउँसो १:१५ बजे बुटवल-गोरुसिंगे सडक स्तरोन्नति शिलान्यास गर्ने कार्यक्रम रहेको थियो।

प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उनको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेका हुन् ।

यसअघि बुधबार र बिहीबार पनि उनले कुनै भेटघाट नगरी बालुवाटारमै आराम गरेको सचिवालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *