महाराजगञ्ज चिकित्सा क्याम्पस र नर्सिङ क्याम्पस प्रमुख लागि आवेदन माग

काठमाडौँ, ७ माघ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन् संस्थान (आईओएम)ले महाराजगञ्ज चिकित्सा क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि छनौट प्रक्रिया अघि बढाएको छ ।

आईओएमले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले आगामी १४ माघ अपरान्ह ४ बजेसम्ममा आधार र मापदण्ड सम्वन्धि विनियम २०८१ मा उल्लेखित कागजात क्रमानुसार सम्लग्न गरी छनौट समितिको कार्यालयमा पेश गर्न भनिएको छ ।

यसअघि आईओएमले महाराजगञ्ज नर्सिङ क्याम्पसको प्रमुखका लागि समेत सूचना प्रकाशित गरेको थियो । गत २ माघमा प्रकाशित सूचना अनुसार आगामी ८ माघ भित्र योग्यता पुगेका ईच्छुकले क्याम्पस प्रमुखका लागि आवेदन दिन सक्नेछन् ।

आईओएमका डीन प्राडा मोहनराज शर्माले अब अस्पतालको रिक्त निर्देशक पदमा पनि आज भोलीमै सूचना प्रकाशित गरी निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाउने बताए । उनले माघ महिना भित्र आईओएमले नियुक्त गर्नु पर्ने सबै पदाधिकारीहरु नियुक्त गरिसक्ने उल्लेख गरे ।

यसअघि आईओएमको डीन नियुक्तीमा ढिलाई हुँदा त्यहाँका अन्य पदका लागि नियुक्तीमा समेत विलम्ब भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *