गण्डकी प्रदेशका जिल्लाका स्वास्थ्य कार्यालयहरुको नाम परिवर्तन, बनाईयो प्रदेश जनस्वास्थ्य कार्यालय

पोखरा, ४ माघ । गण्डकी प्रदेश सरकारले आफ्ना मातहतका सबै स्वास्थ्य कार्यालयहरुको नामको अघि प्रदेश थपेको छ ।

गण्डकी प्रदेश सरकारको गत ९ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य कार्यालय, अस्पताल तथा प्रदेश अन्तर्गतका अन्य निकायहरुको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार अब प्रदेशका ११ जिल्लामा रहेका जिल्ला स्वास्थ्य कार्यालयको नामलाई परिवर्तन गरी प्रदेश जनस्वास्थ्य कार्यालय राखिएको छ ।

यस्तै जिल्लास्थित ९ वटा आयुर्वेद कार्यालयहरुको नाममा पनि प्रदेश आयुर्वेद चिकित्सालय भनेर जिल्ला तोकिएको छ । यसैगरी जिल्ला अस्पतालको नाममा प्रदेश अस्पताल राखिएको छ । प्रादेशिक तहको अस्पतालको नाममा भने प्रादेशिक अस्पताल नै राखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *