त्रिवि आईओएमद्धारा विभिन्न विषयको फेलोसिपका लागि भर्ना आव्हान

काठमाडौं, ३ माघ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले चिकित्सा शात्र अन्तर्गतका विभिन्न विषयमा एक वर्षे फेलोसिपका लागि भर्ना आव्हान गरेको छ ।

आईओएमले आफ्ना मातहतका शिक्षण अस्पतालहरूमा सञ्चालन गरिने क्लिनिकल फेलोशिप कार्यक्रमहरूका लागि भर्ना आह्वान गरेको हो । यसका लागि प्रवेश परीक्षा माघ २७ गते बिहान १० देखि १२ बजेसम्म हुने बताइएको छ ।

इच्छुक उम्मेदवारहरूले यस अध्ययन संस्थानको https://iom.edu.np/%20clinicalfellowship# मार्फत रु ५००० दस्तुर सहित आवेदन फाराम बुझाउन भनिएको छ। आवेदनमिति पुस ३ गतेदेखि मात्र १७ गतेसम्म तोकिएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *