योग साधनाको सुरुवाती भूमि नेपाल हो : प्रधानमन्त्री ओली

काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौँ राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । मानिसको सबैभन्दा महत्त्वपूर्ण कुरा नै स्वास्थ्य रहनु भएको भन्दै उनले स्वास्थ्यका लागि योगको महत्त्व अझ बढी प्रखर रूपमा प्रकट भएको बताएका हुन् ।

शारीरिक र मानसिक रूपले स्वास्थ्य रहनु । स्वास्थ्य रहनका लागि योग असाधारण उपयोगी छ । साधना र लामा ध्यानहरू चिन्तकहरूका लागि आवश्यक हुन सक्छ । योग कुनै धर्म, जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित नरहेको भन्दै प्रधानमन्त्री ओलीले योग सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको अत्यन्तै वैज्ञानिक विधा भएको उल्लेख गरेका छन् ।

उनले योग साधनाको सुरुवाती भूमि नेपाल भएको बताउँदै साङ्ख्य दर्शन र साङ्ख्य दर्शनमा आधारित योगलाई फेरि विकास र पुनः उत्थान गर्न आवश्यक रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *