उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने काम सुरु गरेका छौँ : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं,  १ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने काम सुरु गरेको बताएका छन् ।

राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपचार कसरी गर्ने रु भन्नेबारेमा केही हदसम्म चिन्तन गरिएको भए पनि रोग नै लाग्न नदिने कुरामा ठोस काम गर्न नसकेको बताए ।

उनले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्न सबैले एकताका साथ काम गर्नुपर्ने जरुरी रहेको धारणा व्यक्त गरे । उनले रोग जानेर कसैले नबोक्ने भन्दै रोग लाग्न नदिने गरी जागरुक अभियान सञ्चलन गर्न आवश्यक रहेको बताए । निरोधात्मक क्षेत्रमा गर्नुपर्ने कामको सुरुवात समेत गर्न नसकेको अवस्था रहेको उनको भनाइ छ ।

‘‘उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । त्यसैले हामी कोही बिरामी भयौँ । उसको उपचार कसरी गर्ने रु भन्नेबारेमा केही हदसम्म चिन्ता गरेको स्थिति छ । तर बिरामी हुन नदिने भन्नेबारेमा हामील ठोस काम गर्न सकेका छैनौँ । यसरी नै बिरामी बढ्दै जाने हो भने हामीले उपचार गर्न सक्दैनौँ । त्यसैले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्नका निम्ति मान्छेले रहरले रोग बोकेको हुँदैन ।,’’ स्वास्थ्य मन्त्री पौडेलले भने ‘‘नजानेर बोकेको हुन्छ ।

कसैलाई पनि क्यान्सर बोक्ने रहर हुँदैन, कसैलाई पनि किड्नीमा समस्या बोकेर बाँच्ने रहर हुँदैन । तर क्यान्सर शरीरमा प्रवेश गर्न नदिने कसरी हो त्यो जान्न जरुरी छ । किड्नी स्वस्थ कसरी राख्ने रु त्यो जान्न जरुरी छ । मुटु कसरी स्वस्थ राख्ने, सुखी हुने कसरी त्यो पनि जान्न जरुरी छ ।’’

मन्त्री पौडेलले मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका उल्लेख गर्दै भीडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई अस्वस्थ बनाएको बताउनुभयो । यसको उपचारात्मक विधि योग र आयुर्वेदसँग जोड्नुपर्ने जानकारी दिए ।

उनले भने, ‘‘निरोधात्मक क्षेत्रमा हामीले जति काम गर्नुपर्ने हो त्यसको सुरुवात पनि गर्न सकिरहेका छैनौँ । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका छन् । यो कोलाहल, भीडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई अस्वस्थ बनाएको छ । यसलाई कुन माध्यमबाट हल गर्ने रु यसको उपचारात्मक विधि हामीले अपनाइरहेको सेवासँग जोडिनु हुँदैन । यसको उपचारात्मक विधि योग, आयुर्वेदसँग जोडिनुपर्छ ।’’

मन्त्री पौडेलले सरकारले योगको पाठ्यक्रम विकास गर्न चाहेको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *