तिब्बत भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौँ, २३ पुस । आज (मंगलबार) बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ५३ जनाको मृत्यु पुष्टि भएको छ। भूकम्पमा परी ६२ जना घाइते भएका छन् ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ ।

केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय) मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन, क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न र घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *