भारतमा एचएमपीभी भाइरसबाट संक्रमितको संख्या ८ पुग्यो, संक्रमित सबै बालबालिका

नयाँ दिल्ली । भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) ८ जनामा पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार विहान महाराष्ट्रको नागपुरमा २ जना यो भाइरस पुष्टि भएको छ ।

संक्रमितमध्ये एक जना १३ बर्षीया बालिका हुन् भने अर्का ७ वर्षका बालक हुन् । सोमबार विहान मात्रै कर्नाटकमा तीन महिनाका बालिका र ८ महिनाको बालकमा यो भाइरस पुष्टि भएको पाइएको थियो ।

यसैगरी पश्चिम बंगालमा एक जना, तमिलनाडुको चेन्यईमा पनि दुई जना बालबालिकामा यो भाइरसको संक्रमण देखा परेको बताइएको छ । यसैगरी अहमदावादमा पनि दुई जना बालबालिकामा यो भाइरस देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्री जेपी नाड्डाले विशेषज्ञहरुलाई उदृत गर्दै नयाँ भाइरस भने नभएको बताए । उनले विश्व स्वास्थ्य संगठनसंग सरकार समन्वयमा रहेको भन्दै भाइरसबारे नयाँ जानकारी आउनासाथ जानकारी गराउने उल्लेख गरेका छन् ।

एचएमपीभी भाइरसको लक्षण पनि कोभिड १९ को जस्तै देखिने गरेको छ । तर स साना उमेरका बालबालिकाहरु यसबाट बढी प्रभावित देखिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *