कान्ति बाल अस्पतालले एक वर्षमा गर्‍यो दुई लाख बढी बालबालिकाको उपचार

काठमाडौँ, २२ पुस । कान्ति बाल अस्पतालमा एक वर्षमा २ लाख भन्दा बढी बिरामीले सेवा लिएका छन् ।

सोमबार अस्पतालको ६३ औँ वार्षिकोत्सव अवसरमा निर्देशक डा पंकज रायले गत आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिए ।

निर्देशक डा. रायका अनुसार अस्पतालमा ५१ हजार ८ सय ८६ जना बिरामीले इमर्जेन्सीमा सेवा लिएका छन् ।

यसै गरी, भर्ना भएर सेवा लिने बिरामी ९ हजार ६ सय ८५ जना छन् । अस्पतालले एक वर्षमा ३ हजार २७६ जनालाई शल्यक्रिया सेवा दिएको छ । जसमध्ये ९८२ जनाको मेजर शल्यक्रिया गरेको छ ।

१ हजार १७ जनाको मध्यम शल्यक्रिया र १ हजार २ सय ७८ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

त्यस्तै डाइग्नोष्टिक सेवाअन्तर्गत अस्पतालले ५ लाख ३७ हजार ४३९ ल्याबरोटोरी सेवा, ५१ इन्डोस्कोपी, ११ कोलोनोस्कोपी, ९९ ब्रोनचोस्कोपी, १ हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्स-रे, २५ हजार ३५३ युएसजी र १ हजार ४७ ईईजी सेवा लिएका छन् ।

आर्थिक वर्षभरीमा ५ करोड ११ लाख ४४ हजार ९०१ रुपैयाँको निःशुल्क सेवा दिएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *