ईन्दिरा आईभीएफ नेपालले मनायो पहिलो वार्षिकोत्सव
काठमाडौँ, २० पुस । महाराजगञ्ज पानीपोखरीमा रहेको इन्दिरा आईभीएफ नेपाल सेन्टर दोस्रो वर्ष प्रवेश गरेको छ । शनिबार सेन्टरमा आयोजित बार्षिकोत्सव समारोहमा प्रतिनिधि सभा सांसद कल्पना मिया कुसारी, इन्दिरा आईभीएफका संस्थापक डा. अजय मुर्दिया, र इन्दिरा आईभीएफ नेपालकी प्रमुख डा. नेहा होमगाईले संयुक्त रुपमा केक काटेका थिए ।
सो अवसरमा बोल्दै सांसद कुसारीले निसन्तान दम्पत्तीका लागि आईभीएफ सेन्टर बरदान भईरहेको भन्दै इन्दिरा आईभीएफले उपलव्ध गराएको सेवाको प्रसंसा गरिन । उनले आइभीएफ तथा समग्र स्वास्थ्यका विषयमा जनताको आवाज राज्यसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै समस्या भएमा आफूलाई भन्न समेत आग्रह गरिन ।
आईभीएफका संस्थापक डा मुर्दियाले भारत र नेपालमा गरी कुल १६० वटा बढी आइभीएफ तथा फर्टिलिटी सेन्टर रहेको र ती सेन्टरबाट अहिलेसम्म १ लाख ५० हजार बढीले सन्तान प्राप्ति गरेको बताए । उनले भारतका विभिन्न राज्यपछि पहिलो सेन्टर नेपालमा खुलेको र यो सेन्टरले उत्कृष्ठ सेवा दिन सफल भएको बताए ।
इन्दिरा आईभीएफ पानी पोखरीका प्रमुख डा होमगाईँले आफूकहाँ आएका केशहरुमा औषत रुपमा ८५ प्रतिशत बढी सफलता मिलेको बताईन । सो अवसरमा उनले सानो प्रस्तुतिकरण समेत दिएकी थिईन् । जसमा गुणस्तरीय सेवा प्रदान गर्न इन्दिरा आईभीएफले अपनाएका विधि समेत उल्लेख थियो ।
इन्दिरा आईभीएफको शाखा नेपालमा भित्र्याउने सञ्चालक उमेश अग्रवालले एक वर्षको अवधीमा दिन सकेको सेवा र आर्जन गरेको विश्वासले आगामी दिनमा थप सेवा गर्ने मौका पाउने बताए । उनले सेवामा खटिने आफ्ना कर्मचारी तथा नेपालमा शाखा खोल्न राजी हुने डा मुर्दिया लगायतलाई धन्यवाद दिए ।
सम्पर्क इमेल : [email protected]