काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आव्हान

काठमाडौं, १९ पुस । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले उपकुलपतिका लागि दरखास्त आव्हान गरेको छ ।

केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा रहेको समितिले उपकुलपतिका लागि इच्छुक तथा योग्य उम्मेदवारलाई दरखास्त दिन सक्ने भन्दै बिहीबार सार्वजनिक सूचना निकालेको हो। सो समितिमा प्राडा अर्जुन कार्की र पूर्वा शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन्।

दरखास्त दिन चाहनेले सूचना प्रकाशित भएको मितिले दश दिन भित्र दिईसक्नु पर्ने भनिएको छ । दरखास्त ललितपुर बालकुमारीस्थित काठमाडौं विश्वविद्यालयको स्कूल अफ मेनेजमेन्टमा पेश गर्नु पर्नेछ।

समितिले काठमाडौँ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो। इच्छुक तथा योग्य व्यक्तिले उक्त कार्यविधिको अनुसूची – १ मा उल्लेख गरिएको ढाँचा अनुसार आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *