क्लिनिक वानको तेस्रो शाखा खुल्यो काठमाडौँको मण्डिखाटारमा

काठमाडौँ, १४ पुस । क्लिनिक वानले काठमाडौँको मण्डिखाटारमा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच शनिबार बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले रिवन काटेर क्लिनिक ल्याबको उद्घाटन गरे ।

उद्घाटन पश्चात बोल्दै मेयर अधिकारीले रोग लाग्नेले मात्र होइन स्वास्थ्यको ख्याल पुर्‍याउँन स्वास्थ्य व्यक्तिले पनि शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए । उनले खानपान जीवनशैलीको असन्तुलनले मानिसमा धेरै किसिमका रोग तथा संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य सचेतना बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।

क्लिनिक वानका उप कार्यकारी सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाले असन्तुलित प्रतिस्पर्धालाई नभई सहुलियत तथा छिटोछरितो र गुणस्तरीय सेवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपमेयर अनिता लामा, वडा नम्बर ९ कि वडाध्यक्ष सुमित्रा त्रिपाठी लगायतले स्वास्थ्य मानिसको जीवनको महत्त्वपूर्ण कुरा भएको र स्वस्थ शरीर नभए केही पनि गर्न नसकिने भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

यस अघि ललितपुरको जावलाखेल र भक्तपुरको मध्यपुर ठिमीमा ल्याब तथा स्वास्थ्य सेवा संचालनमा ल्याएको क्लिनिक वानको यो काठमाण्डौ जिल्लाको पहिलो तथा उपत्यकाको तेस्रो सेवा केन्द्र हो। उद्घाटनको अवसर पारेर शनिवार देखि नै पाँच दिनसम्म निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

डाक्टर परामर्श, इसिजी, युरिक एसिड, सुगर, कोलेस्टेरोल जाँच निशुल्क तथा भिडियो एक्सरेमा ५० प्रतिशत, ल्याब टेस्टमा २५ प्रतिशत तथा खोप र औषधिमा ११ प्रतिशत छुट दिइएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *