डा. कैलाश भण्डारीको अगुवाईमा शान्तिनगरमा भयो विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, १४ पुस । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका निर्देशक एवं अर्थोपेडिक सर्जन डा कैलाश भण्डारीको अगुवाईमा शनिबार काठमाडौँ महानगरपालिका ३१ शान्तिनगरमा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सिद्धेश्वर माविमा भएको सो विशेषज्ञ शिविरमा फ्रन्टलाईन अस्पताल र दावाली मिलन क्लव काठमाडौँ आयोजक थिए भने वडा नं ३१ संग सहकार्य भएको थियो । उक्त शिविरमा २५० बढी स्थानीयवासीले सेवा लिएको आयोजकले जनाएको छ ।

शिविरमा अर्थोपेडिक अस्पताल जोरपाटी, फ्रन्टलाईन अस्पताल र सिभिल अस्पताल बानेश्वरका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएको शिविर संयोजक समेत रहेका डा भण्डारीले जानकारी दिए ।

निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु उपलब्ध रहेका थिए ।

डा भण्डारीले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयाग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताए । उनले काठमाडौं बाहिर निःशुल्क स्वास्थ्य शिविर राखेपनि काठमाडौं उपत्यकामा लक्षित गरी अहिले शिविर सञ्चालन गरेको जानकारी दिए ।

सुकुम्बासी र निम्न वर्गका नागरिकहरुका लागि समाजप्रतिको दायित्व निर्वाह गर्न स्वास्थ्य शिविर राखेको बताए ।

पछिल्लो समय नकारात्मकता बढी फैलिरहेको अवस्थामा समाजमा सकारात्मक उर्जा दिन कार्यक्रम राखिएको र महिनामा दुई पटक शिविर सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए ।

शिविरमा वडा नं ३१ का वडाध्यक्ष सरोज ढकाल, बागमती प्रदेश आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछाने लगायतको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *