नर्सिङ अधिकृतको लागि स्नातकोत्तर उत्तीर्णको योग्यता खोजिएपछि कोशीको विज्ञापन विवादमा
काठमाडौँ, ११ पुस । कोशी अस्पताल विराटनगरले करार सेवामा लिन लागेको नर्सिङ अधिकृत (सातौँ तह) पदमा न्युनतम योग्यता स्नातकोत्तर उत्तीर्ण तोकेपछि विवादमा परेको छ । अस्पतालले कानून विपरित योग्यता तोकेको भन्दै नर्सिङ पेशा आवद्ध संगठनले विरोध गरेका छन् ।
अस्पतालले नेर्सिङ अधिकृत ९पेडियाट्रिक० पदमा एक जनाका लागि दरखास्त आव्हान गरेको थियो । त्यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट पेडियाट्रिक विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको नेपाल नर्सिङ परिषद्मा दर्ता भई अध्यावधिक भएको भनिएको छ ।
पेडियाट्रिक नर्सेस एसोसिएशन अफ नेपालका अध्यक्ष सहप्राध्यापक अप्सरा पाण्डेले विज्ञापन कानून विपरित योग्यता तोकिएको भन्दै सच्याउन अनुरोध गरेकी छन् । उनले विज्ञापन नसच्चिए आवेदन नदिन समेत नर्सहरुलाई आग्रह गरेकी छन् ।
यता नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले पनि गलत कार्यलाई प्रसय दिन नहुने भन्दै यसलाई सच्याउन अस्पताललाई आग्रह गरिन । ‘सातौँ तहको नर्सिङ अधिकृत पदका लागि नवौँ तहमा प्रयोग हुने योग्यता खोजिनु उपयुक्त होइन हामीले त्यसलाई सच्याउन भनेका छौँ,’ उनले भनिन् ।
यता कोशी अस्पतालकी प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा रुना झाले पेडियाट्रिक नर्स खोजिएको र दरबन्दी सातौँ तहको भएपछि बाध्यता परेको बताउँछिन् । ‘हामीले सेवा पनि दिनु छ । दरबन्दी सातौँ तहको छ तर पेडिाियट्रिक नर्सिङ भनेपछि स्नातकोत्तर भएकै हुनुपर्यो, यो किसिमको व्यवहारिक कठिनाई पनि छ,’ उनले भनिन् ।
डा झाले नर्समा मात्रै नभई चिकित्सकहरुमा पनि स्नातकोत्तर गरेकाहरुहरुलाई मेडिकल अधिकृत पदमा दरखास्त आव्हान गरेको बताईन ।
‘नवाँै तहको दरबन्दी भए त गजव नै हुन्थ्यो तर छैन । अनि हामीले सेवा पनि दिनुछ । त्यसैले समस्या भयो,’ उनले भनिन् ।
डा झाले वीर, त्रिवि शिक्षण अस्पताल जस्ता ठूला अस्पतालमा यस्तै गरि दरखास्त आव्हान भएको जिकिर गरिन ।
‘यो तत्कालका लागि भनेर करार सेवामा लिईन लागेको जनशक्ति हो । त्यसैले हामीले दरखास्त आव्हान गरेका हौँ,’ उनले अन्तिममा भनिन् ।
सम्पर्क इमेल : [email protected]
के को नाटक हो ? Scholarship करार लाई स्नातकोत्तर पछी सातौ मा काम गराईरहेकै छ त । एउटा अस्पतालाई हेर्नु भन्दा पुरै System लाई प्रभाव परेको विषयमा ध्यान दिनु नी ।