सोनु निगमको कन्सर्ट स्थलमा राखिएका १५० वटा मदिरा विज्ञापनका बोर्ड काठमाडौँ महानगरले हटायो

काठमाडौँ, १० पुस । काठमाडौं महानगर प्रहरीले बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाएको छ।

महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको हो। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरु हटाइएको महानगरले जनाएको छ ।

जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ मा जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार गर्न नपाइने उल्लेख छ । दफा ४५ को उपदफा १ मा मदिरा चुरोट सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायत मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन भनेर प्रष्टसंग लेखिएको छ । तर नियमन गर्ने निकायको कमजोरीको फाइदा उठाउँदै यस्ता कार्यक्रममा मदिराजन्य पदार्थको खुलेआम विज्ञापन हुने गरेको थियो ।

बौद्ध हायात ग्राउन्डमा भारतीय गायक सोनु निगमले आज साङ्गितिक प्रस्तुती दिँदैछन् ।

 

यी सामग्री पनि हेर्नुहोस्……………………………………

⇒ सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न ७५३ वटै स्थानीय तहलाई पत्राचार

⇒ राजमार्ग छेउका मदिराजन्य विज्ञापन १५ दिनभित्र हटाउन भौतिक पूर्वाधार मन्त्रालयको निर्देशन

⇒ कुनै पनि सञ्चार माध्यममा मदिराजन्य पदार्थको विज्ञापन नगर्न सर्बोच्चको अन्तरिम आदेश

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *