नेपाल फिजियोथेरापी संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौँ, ७ पुस । नेपाल फिजियोथेरापी संघ (नेप्टा)को अध्यक्षमा समीदकुमार कतिला श्रेष्ठ निर्वाचित भएका छन्  ।

संघको ११औं महाधिवेशनबाट उनको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र महिला उपाध्यक्षमा डा. मञ्जु ज्ञवाली चयन भएका छन् ।

यसैगरी महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजितकुमार यादव र सहकोषाध्यक्षमा ओमप्रकाश शाह निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा सौगात श्रेष्ठ, उज्ज्वल डोटेल, तेञ्जिङ नोर्बु लामा, धीरज श्रेष्ठ, उमाशङ्कर शाह, महिला सदस्यमा सृजना लुइँटेल, जनजातिमा कौसल दास, मधेशीमा नवीनकुमार जैसवाल चयन भएका छन् ।

राष्ट्रिय परिषद् सदस्यमा नवीन सापकोटा, सुजित झा, सकुना दानी, जयराम महर्जन र अविनाश लम्साल चयन भएका निर्वाचन समितिले जनाएको छ ।

देशभर तीन हजार फिजियोथेरापिस्ट रहेकामा संघमा करिब ११ सय सदस्य आबद्ध रहेका जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *