फेसबुकमा कडा स्टाटस लेखेका सिंहदरबार वैद्यखानाका निर्देशक डा. केसीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

– डा. प्रदीप केसी

काठमाडौँ, ७ पुस । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले गत शुक्रबार पत्र काट्दै तीन दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

गत बुधबार वैद्यखानाको आकस्मिक निरीक्षणमा पुगेका स्वास्थ्य स्वास्थ्य मन्त्री पौडेलले पदाधिकारी तथा कर्मचारीहरुलाई उत्पादन बढाउन र संस्था सुधार गर्न कडा निर्देशन दिएका थिए ।

तर शुक्रबार निर्देशक डा केसीले यी समस्या समाधान नहुँदासम्म कुनै उत्पादन हुन सक्दैन भनेर फेसबुकमा पाँच बुँदे स्टाटस लेखेका थिए ।

स्टाटसमा विकास समितिको क्षमता, नीतिगत अन्योलतामा लगायत उल्लेख गर्दै बैद्यखाना अगाडी बढने अवस्था नरहेको आसयको स्टाटस लेखेका थिए । उनले ठिमाहा विउ रोपेपछि धान कसरी फल्थ्यो र भन्दै नेतृत्व तहमाथि नै प्रश्न उठाएका थिए ।

‘मन्त्रालयले आफै निर्देशक जस्तो जिम्मेवारी पदमा आसिन कर्मचारीले सार्वजनिक सरोकारका विषयहरु सामाजिक सञ्जालमा के कति कारणले लेखिएको हो ? सो को स्पष्ट जानकारी पछि सम्म फरक नपर्ने गरी आजको मितिले तीन दिन भित्र स्ष्टीकरण सहित मन्त्रालय पेश गर्न निर्णयनुसार अनुरोध छ,’ उनलाई पठाइएको पत्रमा भनिएको छ ।

मन्त्रीको सचिवालय स्रोतले पनि डा केसीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरेको छ ।

सचिवालय स्रोत भन्छ, ‘कुनै पनि सरकारी कर्मचारीलाई नेतृत्व तहमा बसेर काम गर्दा उसले अपनाउनु र पालना गर्नुपर्ने नियम तथा विधि रहेको रहेको हुन्छ । उहाँ वैद्यखानाको नेतृत्व तहमा रहेको व्यक्तिले त्यो विधि पालना गर्नुपर्ने हो कि होइन त्यहि विषयमा हामीले स्पष्टीकरण सोधेका हौँ ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *