आज विश्व ध्यान दिवस :

प्रधानमन्त्री ओली ध्यान गर्न टुडिखेलमा (फोटोफिचर)

काठमाडौँ, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार विहान ध्यान गर्न शैनिक मञ्च टुडिखेल पुगेका छन् । विश्व ध्यान दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको विशेष समारोहको अध्यक्षता गर्दै प्रधानमन्त्री ओली विहान टुडिखेल पुगेका हुन् ।

विशेष समारोहकाबीच योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानका संस्थापक गुरु एलपी भानु शर्मा, ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण लगायतले ध्यान गराएका थिए ।

‘मेडिटेसन फोर ग्लोबल पिस एण्ड हार्मोनी’ भन्ने नारा सहित संयुक्त राष्ट्रसंघले यसवर्ष देखि २१ डिसेम्बरका दिन विश्व ध्यान दिवस मनाउन सुरु गरेको हो ।
टुडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीसंगै सरकारका मन्त्री, उच्च अधिकारीहरुसंगै सर्वसाधारणको उपस्थिति रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *