त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको इन्डोस्कोपी

 

काठमाडौँ, ४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी गरिएको छ । आज बिहान साढे ९ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको इन्डोसकोपी गरिएको हो ।

इन्डोसकोपी गरेपछि ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् । बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको थियो । यस्तै नास्टको पूर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी भएनन् ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्यासिंह शाहले नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको बताईन ।

‘समस्या भएर होईन यो रुटिन चेकअप अन्तर्गतको एउटा जाँच गरिएको हो । उहाँ विहान जाँच गरेर उतिखेरै फर्कनु भयो,’ डा शाहले भनिन् ।

इन्डोस्कोपी गर्दा अस्पतालमा उनलाई डा शाहसंगै डा राजिव पाठक, डा सुवाश आचार्य लगायतको टोलीले साथ दिएका थिए ।

प्रधानमन्त्री ओली अस्पताल पुगेको आधा घण्टा भित्रै बालुवाटार फर्किएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *