मानसिक स्वास्थ्यमा ब्रेसेस उपचारको महत्व
सामान्य त हामी के सोच्दछौँ भने अर्थोडोन्टिष्टले खाली नमिलेको दाँत अथवा दाँतमा देखिने Gap मात्रै मिलाउछन्, तर बुझ्नु पर्ने कुरा के हो भने यो बास्तविकता होईन् ।
अर्थोडोन्टिष्टले नमिलेको दाँत बनाउनुको साथ साथै खान चपाउन गाह्रो हुने , शब्द उचहरण गर्न गाह्रो हुने , बच्चामा औंला चुस्ने बानी अथवा भनौं नङ टोक्ने बानीले देखिने समस्याहरु , Cleft lip/palate को बिरामीहरूमा समेत ठुलो योगदान रहेको हुन्छ।
यति मात्रै नभई आज भोलि अनुहारको हड्डी नमिलेको खण्डमा पनि शल्यक्रिया (Orthognathic surgery) गरेर बिरामीको अनुहारको Profile मिलाउने गरिन्छ जुन अर्थोडोन्टिष्ट र Maxillofacial surgeon ले गर्नुहुन्छ।
शारीरिक स्वास्थ्य (मुख र दन्त स्वास्थ्य) व्यक्तिगत मानसिक स्वास्थ्य स्थितिमा अग्रणी भूमिका खेल्छ।
विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यलाई विश्वको प्रमुख स्वास्थ्य समस्याका रूपमा प्रस्तुत गरेको छ ।
दाँतको उपस्थिति, आकार, स्थितिले मानसिक स्वास्थ्यलाई महत्त्वपूर्ण असर गर्छ।
दाँत नमिलेको हुनाले बच्चाहरु साथीहरुसंग कम घुलमिल हुने, एक्लो बस्ने , सबैसंग खुलेर नबोल्ने र नहास्ने समेत रहेको विभिन्न अनुसनधानले समेत देखाई सकेको छ।
कति जनामा यसले गर्दा आत्मविश्वासको कमि देखिने गर्दछ। पढाईमा ध्यान कम जाने र कतिको पठन-पाठन समेत नराम्रो असर गरेको देखिन्छ। केहि बच्चामा त Anxiety /depression समेत देखिने गर्दा छ। यो सामान्य अवश्य पनि होइन। त्यसैले यदि तेस्तो बच्चामा दाँत धेरै बाहिर आएर नराम्रो देखिराच भने एक-पल्ट ओर्थोदोन्टिष्टलाई देखाउनु उत्तम हुन्छ ।
कतिपय बिरामीहरु यस्ता पनि हुन्छन जो आफ्नो दाँत कै कारण ले सामाजिक कार्यक्रमहरुमा सहभागी हुनुहुन्न। झट्ट सुन्दा यो सामान्य पनि लाग्न सक्छ तर खासमा बिरामीहरु भित्र भित्रै आफुलाई निकै कमजोर र एक्लो अनुभव गरिरहेका हुन्छ, जुन पछि गएर बिरामीमा टाउको दुख्ने र Depression समेत हुनसक्छ।
यी सबै समस्याहरुको समाधान एउटै हो, त्यो भनेको दाँत मा तार बाध्ने, नमिलेको अहुनर को हड्डी Surgery मार्फत मिलाउने र आफ्नो आत्मा विश्वास बढाउने आदि हो । अर्थोडोन्टिक उपचारले Smile मात्रै मिलाउने होइन यसले अरु थुप्रै शारीरिक समस्यालाई समेत समाधान गर्न मद्धत गर्दछ।
दाँत र अनुहारको सौन्दर्यमा सुधार गर्नाले सामाजिक र मानसिक सन्तुष्टि प्राप्त हुन्छ ।
अर्थोडोन्टिक उपचारले अन्ततः सही रूपमा मुस्कानको कारण समुदाय भित्र शारीरिक आकर्षण बढाउँछ। सेरेब्रल पाल्सी र स्पास्टिक क्वाड्रिप्लेजिया बिरामीहरूमा अर्थोडोन्टिक उपचार पछि आत्म-सम्मान र आत्मविश्वास बढेको छ।
विश्वमा धेरै अनुसन्धानहरू पनि भएका छन् र अध्ययनहरूले मानसिक स्वास्थ्यमा अर्थोडोन्टिक उपचारको सकारात्मक प्रभाव रहेको देखाएको छ।
ब्रेसेस उपचार पछि Stress level पहिले भन्दा काम भएको पनि बिरामी हरुले बताउनु हुन्छ जुन खासमा Malocclusion correction पछि Temporomandibular discomfort काम भएर पनि हुनसक्छ जसले गर्दा अन्तमा बिरामीको मानसिक स्वास्थ्य सुध्रिएको अंकित गर्दा छ।
मलाई लाग्छ कि हजुरहरुले पनि यो मेरो सानो लेख पछि आफ्नो बाबु नानीहरूको दाँत र मुख स्वास्थ्यमा अवश्य ध्यान दिनु हुनेछ। मुख स्वास्थ्यलाई हेलचेक्र्याईं नगरौं किनकि यो कुनै न कुनै किसिमले मानसिक स्वास्थ्य सित जोडिएको बिषय पनि हो। घन्यबाद।।
#डा. झा बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा अर्थोडोन्टिष्टको रुपमा कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]