क्यान्सरबिरुद्धको खोप बनाएको रुसको दावी

एजेन्सी । रुसले क्यान्सरबिरुद्धको खोप विकास गरेको दावी गरेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले क्यान्सर विरुद्धको खोप विकास गरेको दावी गरेको हो । उसले सो खोप क्यान्सरका बिरामीहरुलाई निशुल्क उपलव्ध गराउने बताएको छ ।

मन्त्रालयका रेडियोलोजी मेडिकल रिसर्च सेन्टर प्रमुख एन्ड्रे काप्रिनले क्यान्सर विरुद्धको यो खोप सन् २०२५ को सुरु देखि प्रारम्भ हुने बताएका छन् ।

उनका अनुसार अहिले विकास गरिएको खोप क्यान्सरका बिरामीको उपचारमा प्रयोग हुने बताइएको छ । क्यान्सर रोग लाग्न नदिनका लागि भने होइन ।

रुसी सरकारका वैज्ञानिकहरुले पश्चिमा देशहरुमा विकास भइरहेको क्यान्सरविरुका अन्य खोप जस्तै यो खोप पनि प्रत्येक बिरामीका लागि दिने गरी व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

क्यान्सरविरुद्धको खोप विकास भइसकेको भए पनि यो कुन क्यान्सरको उपचारका लागि बनाइएको हो र कत्तिको प्रभावकारी छ भनेर हालसम्म स्पष्ट छैन । यस्तै खोपको नाम पनि खुलाईएको छैन ।

त्यसो त रुसमा पनि विश्वका अन्य देशमा जस्तै क्यान्सर रोगको दर बढ्दै गएको छ ।

सन् २०२२ मा रुसमा ६ लाख ३५ हजार भन्दा बढी केश रेकर्ड गरिएको थियो । त्यसमा कोलोन, स्तन र फोक्सोको क्यान्सर बढी देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *