फरक क्षमताका व्यक्तिहरुको दन्त उपचारका लागि छुट्टै सेन्टर खोलेर सेवा दिईरहेको केडीसी

काठमाडौँ, १ पुस । काठमाडौँ, २१ असोज । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल (केडीसी)ले मानसिक तथा शारीरिक रुपमा अशक्त व्यक्ति (स्पेशल निड्स पिपुल) को दन्त उपचारका लागि विशेष उपचार कक्ष सञ्चालनमा ल्याएको ६ वर्ष नाघि सकेको छ ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक -३२९२, रोटरी क्लव अफ काठमाडौँ नर्थ, रोटरी क्लब उकु ताइवान डिस्ट्रिक -३४९० को सहयोगमा विसं २०७५ असोज २१ देखि ‘ओरल कियर सेन्टर फर स्पेशल निड्स’ सञ्चालनमा ल्याइएको हो ।

यस अवधीमा सेन्टरले आफूकहाँ आएका सयौँ यस्ता विशेष क्षमता भएका व्यक्तिहरु (स्पेशल निड्स) को उपचार गर्दै आएको छ ।

ओरल कियर सेन्टर फर स्पेशल निड्स’सञ्चालन गर्ने कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलका अध्यक्ष समेत रहेका डा. बुद्धिमान श्रेष्ठले विशेष पद्धतीबाट उपचार गर्नुपर्ने यस्ता व्यक्तिका लागि छुट्टै सेन्टरमार्फत सेवा दिने कान्तिपुर पहिलो संस्था रहेको बताए । उनले उपचार मात्रै नभई स्पेशल निड्स पिपुल्सको उपचारका लागि विशेष तालीम प्राप्त डेन्टल डाक्टर तथा डेन्टल हाइजिष्टको टोलीले विभिन्न स्थानमा क्याम्प राखेर समस्याको पहिचान गर्ने गरेको समेत जानकारी दिए ।

विसं २०७५ असोज २१ मा भएको ओरल कियर सेन्टर फर स्पेशल निड्स’को उद्घाटन

स्पेशल निड्स पिपुलका लागि छुट्टै सेन्टर स्थापना गरी सेवा दिन थालेको केडीसीले यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन ७ चैत २०७४ मा नै रोटरीको ‘ग्लोबल ग्राण्ड प्रोजेक्ट-१५३२८८०’ समेत प्राप्त गरेको थियो ।

‘यो प्रोजेष्ट अन्तर्गत हामीले स्पेशल निड्स रहने संस्थाहरुमा विभिन्न चरणका शिविर सञ्चालन गर्‍यौँ र समस्या भएकाहरुलाई केडीसीको सेन्टरमा ल्याएर थप उपचार गर्‍यौँ,’ केडीसीका हस्पिटल डाइरेक्टर डा. प्रतिक्षा श्रेष्ठले भनिन् । उनले विशेष क्षमता (स्पेशल निड्स) का व्यक्तिहरुमा दाँतमा किरा लाग्ने, बांगोटिंगो दाँतको समस्या, हर्षा हुने र गिजाँ सम्वन्धी रोगहरु देखिएको बताईन् ।

उनले यसअघि पनि केडीसीमा पेडोडोन्टिक्स डिपार्टमेन्टबाट पनि यस्ता व्यक्तिहरुको उपचार हुँदै आइरहेको बताईन् ।

‘सबै जसो यस्ता व्यक्तिमा दाँतको कुनै न कुनै यस्ता समस्याहरु हुन्थे। टोलीले केडीसीमा रहेको स्पेशल निड्स सेन्टरमा रिफर गर्दथ्यो र उपचार हुन्थ्यो डा. श्रेष्ठले अगाडी थपिन्, ‘त्यस्ता व्यक्तिहरुको दन्त स्वास्थ्य समस्याको खोजीसंगै ब्रस गर्ने तरिका यो परियोजनाबाट उपलव्ध भए ।’

यसैबीच, रोटरीको सो प्रोजेक्ट गत शनिबार देखि सकिएको छ । तर सेन्टरले आफ्नो सेवालाई निरन्तरता दिइरहेको जनाएको छ ।

यो सेवाको सुरुवात कसरी भएको थियो ?

प्रोजेक्ट सुरु भएपछि रोटरी क्लव अफ उ कु ताइपेईबाट आएका दन्त चिकित्सकहरुको टोलीले स्पेशल निड्स (अशक्त तथा अपाङ्ग) भएकाहरुका लागि कसरी उपचार गर्ने भन्नेबारेमा केडीसीका दन्त विशेषज्ञ, दन्त चिकित्सक, डेन्टल हाइजेनिष्टहरुलाई तालीम प्रदान गरेका थिए ।

‘उहाँहरु त्यहाँबाट तीन पटक यहाँ आएर तालीम दिनु भयो । एक पटक यहाँको टोली ताइवान नै पुगेर तालीममा सहभागि भयो,’ केडीसीकी हस्पिटल डाइरेक्टर डा. श्रेष्ठले अगाडी थपिन्,  ‘अहिले यहाँ स्पेशल निड्सका लागि कसरी उपचार गर्ने भन्ने तालीम लिएका जनशक्ति, त्यस्ता व्यक्तिको उपचारका प्रयोग हुने उपकरण तथा सामग्रीहरुको उपलव्धता छ ।’

नेशनल ताइवान युनिभर्सिटीका प्राडा एचएम चेन नेतृत्वको टोलीले सुरु देखि नै शारीरिक तथा मानसिक रुपमा अशक्त व्यक्तिको उपचार कसरी गर्ने भन्ने बारेमा तालीम दिइरहेका थिए । सो तालिम पश्चात दन्त चिकित्सक तथा हाइजिनिसहरुले त्यस्ता विशेष सहयोग चाहिने व्यक्तिहरुको उपचार सहज ढंगले हुने बताइएको छ ।

कान्तिपुर डेन्टल हस्पिटलका म्याग्जिलो फेसियल सर्जन डा. सुमित सिंहले अटिजम सहितका अन्य डाउनसिन्ड्रम भएका व्यक्तिले यस कक्षबाट लाभ लिईरहेको बताए । ‘यस्ता खालका व्यक्तिको उपचारमा विशेष ध्यान पुर्‍याउनु पर्छ । तर त्यस्तो खासै भएको पाईदैन तर केडीसीमा यस्ता व्यक्तिको उपचारका लागि विशेष कक्ष नै तयार पार्यौँ । अव कान्तिपुरमा त्यस्ता व्यक्तिका लागि स्पेशल सेवा उपलव्ध छ,’ उनले भने ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिहरु कुनै न कुनै प्रकारका शारीरिक अशक्तता रहेको पाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *