‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ प्रतियोगिता हुने
काठमाडौँ, १ पुस । आगामी ५ पुस देखि ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ प्रतियोगिता हुने भएको छ । महिलास्वास्थ्य डटकमको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा उपत्यकाका २४ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिने छ।
प्रतियोगिताको विजेताले उपाधि सहित नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा यतिकेम ग्रुप छ भने प्रायोजक नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगम रहेको छ ।
हस्पिटल पार्टनरमा इशान बाल तथा महिला अस्पाताल ,बैकिङ पार्टनरमा,एनएमबी बैंक तथा मेडिकल पार्टनरमा एभरेष्ट हस्पिटल रहेको छ ।
कार्यक्रमलाई नेपाल टेलिकम, लेजर थेरापी क्लिनिक,वात्सल्य आईभीएफ,मेटेनिटी पसलले सपोर्ट गरेका छन् ।
खेल खेलौ, स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता काठमाडौंको धन्वन्तरी फुटसलमा दुई दिन चल्ने महिला स्वास्थ्यका सुरेश खनालले बताए ।
सम्पर्क इमेल : [email protected]