निजी मेडिकल कलेजले पीजीका विद्यार्थीलाई सरकारी सरह नै निर्वाह भत्ता दिनुपर्छ : स्वास्थ्य मन्त्री पौडेल (भिडियो सहित)

काठमाडौँ, २९ मंसिर । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरुले पीजी तहमा अध्ययनरत विद्यार्थीलाई सरकारी सरह निर्वाह भत्ता उपलव्ध गराउनु पर्ने बताएका छन् । नेपाल चिकित्सक संघको आयोजना भएको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलनको शुक्रबार बेलुका उद्घाटन गर्ने क्रममा यस्तो बताएका हुन् ।

सो क्रममा उनले निजी मेडिकल कलेजहरुलाई थप आम्दानी बढाउन कलेजहरुको सिट संख्या बढाउन सकिने समेत बताएका छन् ।

‘हामी बढो प्रष्ट छौँ । निजी मेडिकल कलेजहरुले पीजी अध्यय्न गरिरहेका विद्यार्थीहरुलाई सरकारी सरह ४८ हजार सेवा सुविधा दिनुपर्छ । एउटै तहको अध्ययन गर्ने विद्यार्थीहरुले सरकारी र निजीमा फरक फरक सुविधा दिईनु हुँदैन । बरु उनीहरुलाई सिट थप्न सकिन्छ । विदेशी विद्यार्थीहरु नेपाल आएर पढ्न चाहिरहेका छन् । उनीहरुलाई ल्याउन सकिन्छ ।’

निर्वाह भत्ताका सन्दर्भमा निजी मेडिकल कलेजहरुले सरकारी सरह गर्न नसकिने बताउँदै आएका छन् । चिकित्सा शिक्षा आयोगले सरकारी सरह निर्वाह भत्ता उपलव्ध गराउनु भन्दै पत्र पठाएपछि यसअघि उनीहरुले स्वमूल्यांकन फारम समेत भरेका थिएनन् । तर बीचमा यो विषयलाई पछि छलफल गरी टुङ्ग्याउने भनिएपछि उनीहरु फारम भर्न राजी भएका थिए ।

मन्त्री पौडेलले निजी मेडिकल कलेजलाई आम्दानी बढाउन सिट बढाइदिने बताए पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झा भने सो विषय यति सहजै अघि नबढ्ने संकेत गरेका छन् । सोही कार्यक्रममा बोल्दै उनले धेरै कलेजहरुको अहिले पाइरहेको सिट पाउने पूर्वाधार समेत नभएको बताए । उनले आयोग कानून अनुसार चल्ने भन्दै यत्तिकै सिट बढाउने पक्षमा आफू नरहेको स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *