नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिको निर्वाचन सुरु, यी हुन् प्रतिस्पर्धामा उत्रिएका उम्मेद्धारहरु
काठमाडौँ, २८ मंसिर । नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिको निर्वाचन सुरु भएको छ । काठमाडौँ र भक्तपुर दुई तथा उपत्यकाबाहिरका १८ वटा मतदान केन्द्रमा विहान ७ बजे देखि मतदान प्रक्रिया सुरु भएको निर्वाचन समितिका प्रमुख आयुक्त लक्ष्मी राईले जानकारी दिईन् ।
उनका अनुसार मतदान प्रक्रिया आज अपरान्ह ५ बजेसम्म जारी रहन्छ ।
कुल १५ हजार ५४९ जना नर्सहरुले मतदानमा भाग लिन पाउने छन् ।
‘अपरान्ह ५ बजेसम्म मतदान नै हुन्छ । त्यसपछि केही समय गणनाका लागि आवश्यक तयारी तथा प्रक्रिया पुरा गर्न लाग्छ त्यसपछि बेलुकाबाट नै मतगणना सुरु हुन्छ,’ प्रमुख आयुक्त राईले भनिन् ।
को को छन् उम्मेद्धार ?
यसपटकको निर्वाचनमा अध्यक्ष र महासचिव पदमा तीन तीन जनाको उम्मेद्धारी परेको छ । अन्य पदहरुमा भने दुईवटा समूह देखिएका छन् ।
प्राध्यापक चन्द्रकला शर्मा समूहले नेतृत्व गरेको समूहमा अध्यक्षमा प्राध्यापक शर्मा आफै भईन् ।
बरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे र महासचिवमा डा देवकाकुमारी घिमिरे रहेकी छन् । यसैगरी सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसा देवी अधिकारीले उम्मेद्धारी दिएका छन् ।
यस्तै सदस्यहरुमा मेनुका पोखरेल (खुल्ला) हरिप्रसाद कोजु (जनजाती), कला बस्याल गुरुङ आदिवासी, कोपिला विश्वकर्मा (दलित), पासपति जयसवाल (मधेशी) सवेनाज बेगम (मुस्लीम) जानुका मोक्तान (अनमी) र शान्तिकुमारी विश्वकर्मा (अनमी) समूहबाट खुल्ला सदस्य बनेका छन् । यस्तै यो समूहबाट सुमिता पाठक, राजदेवी अधिकारी घिमिरे र राधादेवी आचार्य नेपाल नर्सिङ परिषद् सदस्यका लागि उम्मेद्धार बनेका छन् ।
यस्तै गंगा थापाले अध्यक्षमा उम्मेद्धारी दिएको अर्को समूहमा बरिष्ठ उपाध्यक्षमा कल्पना श्रेष्ठ जोशी, उपाध्यक्षमा मनिषा कोइराला र महासचिवमा मिनाकुमारी कार्की रहेका छन् । यस्तै सचिवमा जया मिश्रा र कोषाध्यक्षमा रमादेवी पहारी ज्ञवाली रहेका छन् ।
यो समूहबाट सदस्यहरुमा सानुकुमारी विष्ट (खुल्ल), रुपा देवी थापा (आदिवासी) रती पवचाङ (जनजाती) निशा विक (दलित)बाट उम्मेद्धार बनेका छन् । यस्तै अन्जु ठकुरी (मधेशी), जाफ्रेआलम अन्सारी (मुस्लिम) सफला बुढाथोकी (अनमी) र सिताकुमारी प्याकुरेल(अनमी) तर्फबाट सदस्यमा उम्मेद्धारी दिएका छन् ।
थापा समूहले ज्ञानु महर्जन, मित्रा देवकोटा र सरला केसीलाई नर्सिङ परिषद्को सदस्यमा उम्मेद्धार बनाएको छ ।
यसपटकको निर्वाचनमा अरु दुई जनाले क्रमश अध्यक्ष र महासचिव पदमा उम्मेद्धारी दिएका छन् ।
त्यसरी उम्मेद्धारी दिनेमा प्रा बसन्ती थापा र सह प्रा जानकी धामी छन् ।
सम्पर्क इमेल : [email protected]