शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सात चिकित्सकलाई जागिरको अवसर

दुई जनालाई मिर्गौला प्रत्यारोपणमा फेलोसिप

काठमाडौँ, २४ मंसिर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करार सेवामा केही प्राविधिक जनशक्ति पदपूर्ति गर्ने भएको छ ।

केन्द्रले आइतबार सूचना प्रकाशित गरी सो जानकारी दिएको हो । सूचनामा मेडिकल रेकर्डर देखि सिनियर रजिष्ट्रार पद समेत गरी विभिन्न छ वटा विषयमा ८ जना जनशक्तिको पदपूर्ति गर्न लागेको उल्लेख छ ।

सूचनामा सिनियर रजिष्ट्रार वा रजिष्ट्रार कार्डियोजोरासिक तथा भास्कुलर सर्जरी १ जना, रजिष्ट्रार ग्यास्ट्रोइन्टेरोलोजी तथा हेपाटोलोजी (आठौँ) १ जना, रजिष्ट्रार रेडियोलोजिष्ट (आठौँ) २ जना रहेका छन् ।

यस्तै रजिष्ट्रार यूरोलोजी (आठौँ) २ जना, रजिष्ट्रार कार्डियोलोजी (आठौँ) १ जना र सहायक मेडिकल रेकर्डर (सहायक प्रथम) १ जना पदपूर्ति गर्नका लागि दरखास्त आव्हान गरिएको छ । योग्यता पुगेकाहरुले २१ दिन भित्र दरखास्त पेश गर्न भनिएको छ ।

दुई जनालाई ट्रान्सप्लान्ट विषयमा फेलोसिप लिने अवसर

यसैबीच केन्द्रले यसवर्ष देखि मिर्गौला प्रत्यारोपण विषयमा फेलोसिप दिने भएको छ । शैक्षिक वर्ष २०८१ /०८२ का लागि उसले फेलोसिप इन किड्नी ट्रान्सप्लान्ट सर्जरी र फेलोसिप इन किड्नी ट्रान्सप्लान्ट मेडिसिन विषयमा एक एक जनाका लागि फेलोसिप दिन लागेको हो ।

आइतबार प्रकाशित सूचनामा उक्त फेलोसिपका लागि न्युनतम शैक्षिक योग्यता तोकिएको छ । इच्छुकले १५ दिन भित्र दरखास्त हाल्न भनिएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सात चिकित्सकलाई जागिरको अवसर

  1. यो संस्थामा मृगौला रोगुको चाप दिनप्रतिदिन बढ्दै गएको कुरा अस्पताल प्रशासनलाई राम्ररी थाहा छ तर पनि मृगौला opd किन हप्ताको ३ दिन मात्रै गरेको हो दैनिक ओपिडी सेवा हुनु पर्ने हो नि होइन अनि राति ३ बजे देखि आउनु पर्ने टोकन बिहान ६ बजे नै सकिने १३० जना विरामी मात्र जाँच्ने अरु के गर्ने पालो नआउने बिरामी प्राइभेट अस्पताल जाने हो कि मर्ने भन्ने के हो जवाफ दिनु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *