राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज अपरान्ह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् ।

सो क्रममा उनले राष्ट्रपति पौडेललाई भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी समस्याका कारण केहीदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । उनको गत १९ मंसिरका दिन आधुनिक प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको उपचारमा सम्लग्न चिकित्सकहरुसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए । सो क्रममा चिकित्सकहरुले राष्ट्रपति पौडेलको स्वास्थ्इ अवस्था सुधारोन्मुख र सामान्य रहेको जानकारी गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *