अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीबाट फेलोसिप पाउने पहिलो नेपाली चिकित्सक बने डा. विशाल ज्ञवाली

– डा. विशाल ज्ञवाली

काठमाडौँ, २१ मंसिर । नेपालका युवा अंकालोजिष्ट डा विशाल ज्ञवालीले संसारकै प्रसिद्ध मानिने अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीमा फेलोसिप प्राप्त गरेका छन् । हाल क्यानडाको क्वीन्स युनिभर्सिटीमा सहप्राध्यापकको रुपमा कार्यरत डा. ज्ञवाली यो फेलोसिप पाउने पहिलो नेपाली बनेका छन् ।

अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी क्यान्सरको क्षेत्रमा सबैभन्दा ठूलो संस्था हो ।

डा. ज्ञवालीलाई यो संस्थाले हिजो मात्रै ‘फेलो अफ द अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजिष्ट (फास्को)’ मा छनौट भएको जानकारी गराएको हो ।

‘यसपटक फास्को उपाधी पाउनेहरुको सूचीमा म पनि परेको रहेछु । अंकोलोजीको क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै तपाईँलाई फास्को उपाधी प्रदान गरिएको छ, यसले क्यान्सरको क्षेत्रमा थप योगदान पुग्ने विश्वास लिईएको छ भनेर औपचारिक रुपमा खवर आयो । अनि उहाँहरुले तपाईँ यो उपाधि प्राप्त गर्ने पहिलो नेपाली हो भनेर समेत जानकारी गराउनु भयो । यसले साह्रै खुशी लागेको छ,’ डा. ज्ञवालीले नेपाली हेल्थसंग भने ।

‘क्यान्सरको क्षेत्रमा संसारकै सबैभन्दा ठूलो र प्रसिद्ध संस्था अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीबाट फेलो प्राप्त गर्न पाउनु आफैमा ठूलो गर्वको कुरा हो । त्यसमा म पहिलो नेपाली भएछु । यो उपाधी भोलिका दिनमा नेपालमा समेत क्यान्सर उपचार तथा अनुसन्धानका क्षेत्रका लागि थप योगदान गर्नका सहयोगी हुने विश्वास लिएको छु,’ डा. ज्ञवालीले भने ।

बुटवलस्थित न्यु होराइजन स्कुलबाट विद्यालय तहको शिक्षा पुरा गरेका उनी विसं २०५९ सालको एसएलसी परीक्षामा नेपाल प्रथम (बोर्ड फस्ट) हुन् ।

यो पनि हेर्नुहोस्………..

क्यान्सरमा संसार हल्लाएका डा. विशाल कसरी भए सफल ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *