कंगोमा अज्ञात रोगबाट ७९ बढीको मृत्यु, ३ सयभन्दा बढी संक्रमित
काठमाडौँ, २० मंसिर । कंगोमा फ्लूको जस्तो लक्षणहरू देखिने अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा अधिकांश १५ देखि १८ वर्ष उमेर समूहका रहेको छ ।
बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तअल्पता हुने जस्ता लक्षण देखिएका छन् । हालसम्म यसबाट तीन सयभन्दा बढी संक्रमित भएको बताईएको छ ।
प्रभावित क्षेत्रमा स्वास्थ्य टोली पठाईसकिएको समाचार छ । संक्रमितको संख्या बढ्दै गएकोले अवस्था चिन्ताजनक रहेको बताईएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि प्रयोगशाला अनुसन्धानका लागि नमूनाहरू संकलन गर्न दुर्गम क्षेत्रमा एउटा टोली पठाएको बताएको छ ।
सम्पर्क इमेल : [email protected]