लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य प्राथमिकताहरूलाई सम्बोधन गर्न डब्लुएचओको प्रतिवद्धता

दाङ, १८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेशमा देखा परेका स्वास्थ्य समस्या निदान गर्न डब्लुएचओसंग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।

तथ्यांकको आधारमा लुम्बिनी प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बालविवाह, कुपोषण, मानसिक रोग, नसर्ने रोग जस्ता स्वास्थ्य समस्या उच्च रहेको छ । मुख्य मन्त्री आचार्यले यी स्वास्थ्य समस्या निदानका लागि प्रदेश सरकारको एक्लो प्रयासले मात्र सम्भव नरहेको भन्दै डब्लुएचओको साथ सहयोग आवश्यक पर्ने बताए । उनले नेपाल र लुम्बिनीको स्वास्थ्य व्यवस्थामा डब्लुएचओले गरेको लगानीको समेत उच्च प्रशंसा गरे ।

सो अवसरमा डब्लुएचओका नेपाल प्रमुख डा पाण्डवले प्रदेश तहमा विशेष गरी स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य आपतकालीन तयारी, राष्ट्रिय खोप कार्यक्रम, र हात्तीपाइले रोग, कालाजार जस्ता नेग्लेक्टेड ट्रपिकल डिजिज लगायत गैर९संक्रामक र सरुवा रोगहरूलाई सम्बोधन गर्ने क्षेत्रहरूमा डब्लूएचओ काम गरिरहेको बताए । उनले लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य प्राथमिकताहरूलाई सम्बोधन गर्न तथा सहयोग गर्न डब्लुएचओ प्रतिबद्ध रहेको दोहार्‍याए ।

विश्व स्वास्थ्य संगठनले अहिले लुम्बिनी प्रदेशमा खोप तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि गर्न प्रशिक्षण लगायतका क्षेत्रमा सहयोग गर्दैआएको छ ।

आगामी दिनमा मानसिक स्वास्थ्य र नसर्ने रोगको उपचारका लागि पनि सहकार्य गर्ने बारेमा विश्व स्वास्थ्य संगठनलाई अनुरोध गरिएको स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले जानकारी दिए ।

सो भेटमा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश योजना आयोगा उपाध्यक्ष डा. डिल्लीराज अर्याल, स्वास्थ्य सचिव डा उपाध्याय लगायतको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *