वेस्टर्न हस्पिटलले नेपालगञ्जमा सुरु गर्यो बिस्तृत क्रिटिकल केयर कोर्स
बाँके, १७ मंसिर । क्रिटिकल केयर नर्स एशोसिएशन अफ नेपाल (सीसीएनएएन) सँगको सहकार्यमा नेपालगञ्जस्थित वेस्टर्न हस्पिटलले बिस्तृत क्रिटिकल केयर प्रशिक्षणको औपचारिक सुरुवात गरेको छ।
पाँच हप्ताको यो प्रशिक्षण कार्यक्रमले क्रिटिकल केयर क्षेत्रमा कार्यरत नर्सहरूको सीप र दक्षता बढाएर बिरामीहरूलाई विश्वस्तरीय हेरचाह उपलब्ध गराउन सक्षम बनाउने उद्देश्य राखिएको छ ।
नेपाल मेडिकल एशोसिएसन (एनएमए) को सभा हलमा आइतबारबाट सुरु भएको कार्यक्रमको एनएमए भेरीका अध्यक्ष समेत रहेका वेस्टर्न हस्पिटलका अध्यक्ष डा. विनोद कुमार थापा, सोही अस्पतालका निर्देशक डा कल्पना थापा, सीसीएनएएनका उपाध्यक्ष कविता र सह कोषाध्यक्ष बरुणा पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा डा. निर्मल ज्ञवाली, डा. रूपानन्द अधिकारी, डा. किरण गुरुङ, डा. पारस पाण्डे, डा. रवि स्वार, र डा. प्रबिन गुप्ता लयायतको उपस्थिति थियो ।
आयोजकले क्रिटिकल केयर प्रशिक्षण कार्यक्रमले सैद्धान्तिक ज्ञान, व्यावहारिक प्रशिक्षण, र केस आधारित सिकाइको समन्वय गरी गहन पाठ्यक्रम प्रदान गर्ने बताएको छ । सहभागीहरूले जटिल क्रिटिकल केयर केसहरूको व्यवस्थापन, अत्याधुनिक उपकरणहरूको प्रयोग, र प्रमाण(आधारित अभ्यासबाट बिरामीको स्वास्थ्य सुधार गर्ने विशेषज्ञता प्राप्त गर्ने उल्लेख गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दै, एनएमए भेरीका अध्यक्ष डा. थापाले क्षेत्रमा क्रिटिकल केयर सेवाहरूलाई मजबुत बनाउने हाम्रो क्षेत्रको एउटा महत्वपूर्ण कोशेढुंगा भएको बताए । उनले सीसीएनएएन सँगको सहकार्यबाट, हामी नर्सहरूलाई उच्च दबाव वातावरणमा उत्कृष्टता हासिल गर्न आवश्यक उपकरण र आत्मविश्वास प्रदान गर्न चाहेको भन्दै यसबाट धेरै जीवन बचाउन मद्दत गर्ने उल्लेख गरे ।
सीसीएनएएनका उपाध्यक्ष सिटौलाले सीफोरएन कार्यक्रम सीसीएनएएनको उद्देश्यसँग मेल खान्छ र नेपालको सम्पूर्ण नर्सिङ मापदण्डलाई सुधार गर्न योगदान पुर्याउँछ भन्दै पहिलो पटक यस प्रकारको विशेष कार्यक्रम नेपालका पश्चिमी क्षेत्रमा आयोजना गरिएको र जसले नर्सहरूलाई क्रिटिकल केयरका चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ र अन्ततः बिरामीको परिणाम सुधार गर्नृ मत गर्ने बताईन ।
वेस्टर्न हस्पिटलले प्रमाणमा आधारित अभ्यासमार्फत नर्सहरूलाई सशक्त बनाउन र स्वास्थ्य सेवा क्षेत्रमा बलियो जनशक्ति निर्माण गर्नको प्रतिबद्धतालाई दर्शाउँउने बताएको छ ।
यस मान्यता प्राप्त पाठ्यक्रमको माध्यमबाट, अस्पतालले क्रिटिकल केयर केसहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न र बिरामीको परिणाम सुधार्न सक्षम स्वस्थाकर्मीहरूको आवश्यकतालाई सम्बोधन गर्ने उल्लेख गरेको छ ।
सम्पर्क इमेल : [email protected]