त्रिवि आईओएममा ३२ जना स्टाफ नर्सका लागि रोजगारीको अवसर

काठमाडौँ, ९ मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)ले आफू अन्तर्गतका शिक्षण अस्पताल, सेन्टर र केन्द्रहरुमा स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्न आवश्यक भन्दै योग्यता पुगेका इच्छुक व्यक्तिसंग आवेदन माग गरेको छ ।

आईओएमले करार सेवामा सुरुमा ३२ जना र पछि रिक्त रहेको दरबन्दीमा आवश्यकता अनुसार योग्यता क्रममा रहेकाहरुलाई पदपूर्ति गर्दै जाने बताएको छ ।

त्यसका लागि आज देखि २५ मंसिरसम्म नियमित दस्तुर र २९ मंसिरसम्म डबल दस्तुरमा आवेदन दिन सक्ने बताएको छ । छनौटका लागि लिखित परीक्षा लिईने उल्लेख छ ।

हेर्नुहोस् सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *