देशभर ३२ हजार ७ सय जनामा डेंगी संक्रमण, १३ जनाको मृत्यु
काठमाडौँ, ७ मंसिर । देशभर ३२ हजार ७ सय जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा १५ हजार ३३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै, सबैभन्दा कम संक्रमित कर्णाली प्रदेशमा ३ सय ४७ जना सङ्क्रमित छन् । यस्तै, कोशीमा १ हजार ९५९ जना र मधेस प्रदेशमा ५७० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, बागमतीमा ११ हजार ४२४ जना, लुम्बिनीमा १ हजार ६९७ जनामा संक्रमण पुष्टि हुँदा सुदूरपश्चिममा १ हजार ३६९ जनामा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, जिल्लागत रूपमा सबैभन्दा बढी कास्कीमा ७ हजार ५२३ जनामा सङ्क्रमण देखिएको छ ।
देशभर ७७ जिल्लामध्ये हुम्ला बाहेक ७६ जिल्लामा डेंगी सङ्क्रमण देखिएको छ ।
पछिल्लो समय घट्दो तापक्रमसँगै डेंगी सङ्क्रमणको ट्रेन्ड घट्दै गएको ईडीसीडीले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]