कलेजमा सिनियरहरुले ‘र्यागिङ’ गर्दा एमबीबीएस प्रथम वर्षका विद्यार्थीको मृत्यु
एमबीबीएस तेस्रो वर्षका १५ जना विद्यार्थीविरुद्ध पक्राउ पुर्जी जारी
गुजरात (भारत) । गुजरातको पाटन जिल्लामा रहेको एक मेडिकल कलेका १८ वर्षीय विद्यार्थीको होस्टेलमा सिनियरहरुले र्यागिङ गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा सुरेन्द्रनगर जिल्लामा पर्ने जेसदा गाउँका अनिल नटवरभाई मेथानिया छन् ।
उनी पाटनको धारपुरमा रहेको जीएमईआरएस मेडिकल कलेज टिचिङ अस्पतालका एमबीबीएस पहिलो वर्षका विद्यार्थी थिए ।
शनिबार राती उनीसहित १० जना भन्दा धेरै पहिलो वर्षका विद्यार्थीहरुलाई त्यहि कलेजका तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले होस्टलमा बोलाएर र्यागिङ गरेका थिए । सो क्रममा उनलाई तीन घण्टा बढी उभ्याएर र्यागिङ गरिएको सहपाठीहरुले बताएका छन् ।
यता प्रहरीले र्यागिङ सम्लग्न एमबीबीएस तेस्रो वर्षका १५ जना विद्यार्थीलाई ज्यान मुद्धामा केश दर्ता गरेको छ । आइतबार कलेजको र्यागिङ बिरोधी समितिले प्रतिवेदन दिएपछि घटनामा सम्लग्न भएको आरोपमा सिनियरहरुविरुद्ध मुद्धा दर्ता गरेको हो ।
समितिको प्रतिवेदन पछि यता कलेजले पनि उनीहरुलाई निलम्बन गरिसकेको छ ।
मृतक अनिलका काका धर्मेन्द्रले स्थानीय पत्रकारहरुलाई भने, ‘हामी १५० किलोमिटर पर गाउँमा बस्छौँ । हिजो कलेजबाट मेरो भतिजो अनिल बेहोस भएको र उपचार भइरहेको भन्दा घरमा फोन गयो । हामी हतार हतार यहाँ आयौँ तर यहाँ आएपछि भनियो उसको त मृत्यु भईसकेको रहेछ । अहिले उसको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रथम वर्षका विद्यार्थीहरुलाई तेस्रो वर्षको विद्यार्थीहरुले रगा गरेको र अनिललाई २ -३ घण्टासम्म उभिन लगाएको हामीले सुनेका छौँ । हामी उनको मृत्युको निस्पक्ष छानविनको माग गर्दछौँ ।’
अनिक सहपाठीहरुले द इन्डियन एक्सप्रेसलाई आफ्नो नाम नबताउने सर्तमा भने, ,शनिबार राती प्रथम वर्षका दश बढी विद्यार्थीहरुलाई उभ्याएर र्यागिङ गरिएको थियो । त्यसमध्येको एक थिए अनिल । सिनियरहरुले हामी आएको क्षेत्रका आधारमा राती ९ बजेतिर तोकिएको होस्टेल ब्लकमा भेला हुन भनियो । त्यसको जानकारी हामीलाई ह्वाट्सएप ग्रुपमार्फत गरिएको थियो । तीन घण्टा बढी उभ्भिएपछि हामीलाई परिचय दिन भनियो ।’
अनिल वेहोस भएपछि केही विद्यार्थीहरुले उनलाई धारपुर अस्पतालको आकस्मिक विभागमा लगेर गएको कलेजका डीन डा. हार्दिक शाहले बताए । पछि उनलाई मृत घोषित गरिएको थियो ।
प्रहरीले एमबीबीएस तेस्रो वर्षका १५ जना विद्यार्थीहरुलाई पक्राउ पूर्जी समेत जारी गरेको जनाएको छ ।
त्यसरी पुर्जी जारी हुनेहरुमा अवधेश अशोक पटेल, हिरेन मनसुख प्रजापति, तुषार पिरा गोहेलकर, प्रकाश माध देसाई, जैमिन सावजी चौधरी, प्रवीण वर्जाङ चौधरी, विवेक गमन रबारी, रुत्विक पुरुषोत्तम लिम्बाडिया रहेका छन् यस्तै मेहुल प्रताप देसाई, बल प्रताप देसाई, हिरन मनसुख प्रजापति, हिरन मन्सुख राउत, गम्भीर चावडा, वैभवकुमार विकासकुमार रावल, पराग भरत कलसरिया, उत्पल शैलेश वसावा, विशाल लगधीर चौधरी समेत छन् ।
सम्पर्क इमेल : [email protected]